यही हप्ताभित्र सरकारमा जान्छौं : माधव नेपाल « Khabarhub

यही हप्ताभित्र सरकारमा जान्छौं : माधव नेपाल


३ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले यहि साताभित्र सरकारमा सहभागी हुने दोहोर्‍याएका छन् ।

पोखरामा प्रदेश कमिटी कार्यालय उद्घाटनपछि नेता कार्यकर्तालाई सम्बोधन गर्दै उनले सरकारमा गएर जनताका समस्याहरू सम्बोधन गर्ने दावी गरे ।

‘यहि हप्ताभित्र केन्द्रीय सरकारमा सहभागी हुनेछौं । जसले जे सुकै प्रचार गरोस्, पहिले नियुक्तिमा आसेपासेलाई पठाइएको थियो । हामी ति सबैबाट मुक्त भएर उचित व्यवस्थापन गर्छौं । राम्रा मान्छे छानेर पठाउछौं,’ उनले भने ।

नेपालले चुनावसम्म गठबन्धन कायम रहने बताए । ‘अबको चुनावसम्म हामी ५ मोर्चाको गठबन्धनलाई मजबुत बनाउने छौं । इमान्दार कार्यकर्ताहरु हामीसँग गोलबन्द भएका छन् । देशभरीको पीडितहरु एकबद्ध भएका छौं,’ उनले भने, ‘यो कदम जनताका लागि हो । क्रान्ती र परिवर्तनका लागि हो । कत्तिपनि विचलित हुने छैनौं ।’

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  ६ : ३० बजे

ओलीको चेतावनी- पार्टीभित्र अराजकता र अनुशासनहीनता चल्दैन 

काठमाडौं – नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अराजकता, अनुशासनहीनता र

बाढी–पहिरोबाट अवरुद्ध एनटीसीका १३० साइट अझै सञ्चालनमा आएनन्

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले बाढी तथा पहिरोका

टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु

जनकपुरधाम– जनकपुरधाम–ढल्केवर सडकखण्डअन्तर्गत धनुषाको रमदैयास्थित राजदेव मन्दिर अगाडि टिपरको ठक्करबाट चार

यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय

काठमाडौं– सरकारले अमेरिकी सरकारबाट स्वास्थ्य सेवा सुधारका लागि प्राप्त हुने

रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय

रसुवा– भोटेकोशी नदीमा आएको विनाशकारी बाढी र विपद्पछि सिर्जित जटिल