सङ्खुवासभा हत्या काण्ड : लोकबहादुरका भाइसहित चार जना अनुसन्धानमा तानिए « Khabarhub

सङ्खुवासभा हत्या काण्ड : लोकबहादुरका भाइसहित चार जना अनुसन्धानमा तानिए


३ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा छ जनाको सामूहिक हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले लोकबहादुर कार्कीका भाइ नरेश कार्कीसहित अन्य चार जनामाथि अनुसन्धान थालेको छ ।

एकै परिवारका छ जनाको हत्या भएको सो घटनामा संलग्न रहेको आरोपमा अन्य चार जनामाथि अनुसन्धान थालिएको प्रदेश नं. १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक नवीनराज राईले जानकारी दिए। घटनामा अन्य व्यक्तिको समेत संलग्नता भएको आशङकामा अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

उनका अनुसार सो घटनामा संलग्न रहेको आरोपमा स्थानीयवासी लोकबहादुर कार्कीलाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको छ ।

नियन्त्रणमा लिएको अन्य चार जनामाथि प्रहरीले अनुसन्धान थालेको प्रवक्ता प्रहरी उपरीक्षक राईले बताए । मृतक रञ्जना कार्कीको हराएको मोबाइल प्रहरीले गत शुक्रबार फेला पारेपछि अनुसन्धान टोली पुनः घटनास्थल केन्द्रमा पुगेको प्रवक्ता राईको भनाइ छ ।

घटनाबारे थप प्रमाण फेला परेपछि सङ्घीय एकाइ प्रहरी कार्यालय धरानका प्रहरी उपरीक्षक (एसपी) भीम दाहालको नेतृत्वमा प्रदेश नं १ प्रहरी कार्यालयका प्रहरीसहित छ जनाको टोली घटनास्थल पुगेर पुनः अनुसन्धान गरिरहेको प्रवक्ता राईले जानकारी दिए ।

गत भदौ २१ गते बिहान उम्लिङ खोला गाउँका ५२ वर्षीय तेजबहादुर, उहाँकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमाको हत्या भएको थियो । लोकबहादुरले छ जनाको हत्या गरेको बताइएको छ । लोकबहादुरको बयानका आधारमा उनका भाइ नरेशलाई नियन्त्रणमा लिएको थियो । हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका लोकबहादुर र नरेशको बयानका आधारमा अन्य चार जना माथिसमेत प्रहरीले अनुसन्धान थालेका प्रवक्ता राईले बताए ।

सङ्खुवासभा प्रहरीले घटनाको सातौँ दिनपछि अभियुक्त लोकबहादुर कार्कीलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको थियो । रञ्जनाको मोबाइल घटना भएको बिहानदेखि नै हराएको थियो । सो मोबाइल लोकबहादुरको घरमा फेला पारेको थियो ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  १० : ५९ बजे

‘अखण्डता र संविधान रक्षा सबैको साझा जिम्मेवारी’

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूले मुलुकको अखण्डता, सार्वभौमिकता र

एमालेमा ओलीको विकल्प छैन, अध्यक्षमा उठे ईश्वर पोखरेलको बिजोग हुन्छ : सूर्य थापा

भैरहवा– नेकपा एमालेका पोलिटब्युरो सदस्य सूर्यबहादुर थापाले केपी शर्मा ओलीलाई

चीनद्वारा नयाँ ‘शिजियान–२८’ उपग्रह सफलतापूर्वक प्रक्षेपण

एजेन्सी– दक्षिण चीनको हैनान प्रान्तस्थित वेनचाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट चीनले

बेपत्ता पर्यटक मृत फेला

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–५ खोप्राबाट कास्कीको दोबाटो जाने क्रममा बेपत्ता भएकी

नोभेम्बरमा भित्रिए एक लाख १६ हजार पर्यटक

काठमाडौं– सन् २०२५ को नोभेम्बरमा एक लाख १६ हजार ५५३