सङ्खुवासभा हत्या काण्ड : लोकबहादुरका भाइसहित चार जना अनुसन्धानमा तानिए « Khabarhub

सङ्खुवासभा हत्या काण्ड : लोकबहादुरका भाइसहित चार जना अनुसन्धानमा तानिए


३ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा छ जनाको सामूहिक हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले लोकबहादुर कार्कीका भाइ नरेश कार्कीसहित अन्य चार जनामाथि अनुसन्धान थालेको छ ।

एकै परिवारका छ जनाको हत्या भएको सो घटनामा संलग्न रहेको आरोपमा अन्य चार जनामाथि अनुसन्धान थालिएको प्रदेश नं. १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक नवीनराज राईले जानकारी दिए। घटनामा अन्य व्यक्तिको समेत संलग्नता भएको आशङकामा अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

उनका अनुसार सो घटनामा संलग्न रहेको आरोपमा स्थानीयवासी लोकबहादुर कार्कीलाई यसअघि नै प्रहरीले पक्राउ गरिसकेको छ ।

नियन्त्रणमा लिएको अन्य चार जनामाथि प्रहरीले अनुसन्धान थालेको प्रवक्ता प्रहरी उपरीक्षक राईले बताए । मृतक रञ्जना कार्कीको हराएको मोबाइल प्रहरीले गत शुक्रबार फेला पारेपछि अनुसन्धान टोली पुनः घटनास्थल केन्द्रमा पुगेको प्रवक्ता राईको भनाइ छ ।

घटनाबारे थप प्रमाण फेला परेपछि सङ्घीय एकाइ प्रहरी कार्यालय धरानका प्रहरी उपरीक्षक (एसपी) भीम दाहालको नेतृत्वमा प्रदेश नं १ प्रहरी कार्यालयका प्रहरीसहित छ जनाको टोली घटनास्थल पुगेर पुनः अनुसन्धान गरिरहेको प्रवक्ता राईले जानकारी दिए ।

गत भदौ २१ गते बिहान उम्लिङ खोला गाउँका ५२ वर्षीय तेजबहादुर, उहाँकी ८४ वर्षीया आमा पार्वती, ५२ वर्षीया श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना, नाति ११ वर्षीय दीपेन र नातिनी सात वर्षीया गोमाको हत्या भएको थियो । लोकबहादुरले छ जनाको हत्या गरेको बताइएको छ । लोकबहादुरको बयानका आधारमा उनका भाइ नरेशलाई नियन्त्रणमा लिएको थियो । हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका लोकबहादुर र नरेशको बयानका आधारमा अन्य चार जना माथिसमेत प्रहरीले अनुसन्धान थालेका प्रवक्ता राईले बताए ।

सङ्खुवासभा प्रहरीले घटनाको सातौँ दिनपछि अभियुक्त लोकबहादुर कार्कीलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको थियो । रञ्जनाको मोबाइल घटना भएको बिहानदेखि नै हराएको थियो । सो मोबाइल लोकबहादुरको घरमा फेला पारेको थियो ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  १० : ५९ बजे

बंगलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दीनले दिए राजीनामा

काठमाडौं– बंगलादेशका राष्ट्रपति मोहम्मद शाहाबुद्दीनले पदबाट राजीनामा दिएका छन्। स्वास्थ्य

आईभीएफ सेवा व्यवस्थित बनाउन छुट्टै ऐन र कार्यविधि निर्माणको तयारी

काठमाडौं– नेपालमा इन भिट्रो फर्टिलाइजेसन (आईभीएफ) सेवालाई सुरक्षित, गुणस्तरीय र

सार्वजनिक स्थानमा महिलालाई गोप्य अंग देखाएको आरोपमा पक्राउ शिक्षा अधिकृत धरौटीमा छुटे

काठमाडौं- ललितपुरमा बाटो हिँडिरहेकी युवतीलाई अश्लील हर्कत गरेको अभियोगमा पक्राउ

वीर अस्पतालमा ११ जना गुनासो सुन्ने अधिकारी तोकियो 

काठमाडौं– वीर अस्पतालले सेवाग्राहीका गुनासा, उजुरी तथा सुझावलाई प्रभावकारी रूपमा

‘मुलुकको परिवर्तन र संविधानको रक्षा गर्न सबै वामपन्थी तथा लोकतान्त्रिक शक्ति‍ एकजुट हुनुपर्ने’

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का सहसंयोजक माधव कुमार नेपालले मुलुकको परिवर्तन