एक महिनामा ५० वटा योजना सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेको छु : मन्त्री शाक्य « Khabarhub

एक महिनामा ५० वटा योजना सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेको छु : मन्त्री शाक्य


३ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री डाक्टर अजयक्रान्ति शाक्यले आफ्नो मन्त्रालय अन्तर्गतका एक वर्षमा सम्पन्न गर्नुपर्ने पचास वटा योजना एक महिना भित्रै सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेको बताएका छन् ।

नेकपा एमाले काठमाडौँ महानगर कमिटी वडा १२, २१ र २२ ले संयुक्तरुपमा उनको सम्मानमा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमलाई आज लगनटोलमा सम्वोधन गर्दै यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गत एक वर्षमा सम्पन्न गर्नुपर्ने पचास ओटा योजना रहेछन्’ मन्त्री शाक्यले भने, ‘ती कार्यक्रम एक महिना भित्र सम्पन्न गर्ने लक्ष्यका साथ अहिले म दैनिक १२ घण्टा मन्त्रालयमा बसेर काम गरिरहेको छु ।’

उनले त्यसका लागि सबैको साथ–सहयोगको अपेक्षा गरेको गरेको पनि बताए ।

‘माननीय अष्टलक्ष्मी शाक्यज्युको नेतृत्वको यो सरकारले निरन्तरता पायो भने एक महिनामा यी सबै योजनाको टुंगो लगाएर अरु थप पचास वटा योजनासहित त्यसका लागि बजेट बनाएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दछु,’ शाक्यले भने, ‘वर्तमान सरकारले निरन्तरता पाएन भने आउने मन्त्रीका लागि यो आर्थिक वर्षका लागि गर्नुपर्ने काम बाँकी रहने छैनन् । उहाँहरु मन्त्रीको कुर्सीमा बसे मात्रै हुन्छ ।’

साथै उनले बागमती प्रदेशका १ सय २ ओटा कानुन निर्माण भैसकेको जानकारी दिए । ‘करीब ३७ ओटा ऐन बनाउन बाँकी छ,’ उनले भने, ‘ त्योसँगै केही कानुन र ऐन पनि बनाउन बाँकी छ । त्यो काममा मेरो ध्यान जाने छ ।’

कार्यक्रमलाई सम्वोधन गर्दै पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठले मन्त्री शाक्यको बौद्धिकताको चर्चा गर्दै जति समय रहे पनि उहाँबाट राम्रो काम हुने अपेक्षा गरेको बताए ।

काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले पनि शाक्य बागमती प्रदेशको मन्त्री बन्नु वडा–२१ बासीको मात्रै गौरव नभई बागमती प्रदेशका जनताले बौद्धिक व्यक्तित्व प्राप्त गरेको बताए ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  १० : ३० बजे

तनहुँ जिल्ला प्रशासनबाट तीन महिनामा ४३४ गुनासा फर्स्योट

तनहुँ– जिल्ला प्रशासन कार्यालयले तनहुँले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा

पोखरा महानगरले मुख्य सडक क्षेत्र वरपरका ‘वर्कसप’ हटाउँदै

कास्की– पोखरा महानगरपालिकाले मुख्य सडक किनारमा रहेका वर्कसप, ग्यारेजलगायत संरचना

बाढीले क्षति पुर्‍याएकाे तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

काभ्रे– जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोक गाउँपालिका–१ च्याम्राङ्गबेँसीमा रहेको तीनतले

एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै 

काठमाडौं– नेकपा एमालेले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको सन्देश देशैभर प्रवाह

दरवाङ–मुना–ढोरपाटन सडक : धारापानी–झिनडाँडा खण्ड अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–७ धारापानी–ताकम–शिवाङ–झिनडाँडा खण्ड स्तरोन्नति