एक महिनामा ५० वटा योजना सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेको छु : मन्त्री शाक्य « Khabarhub

एक महिनामा ५० वटा योजना सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेको छु : मन्त्री शाक्य


३ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री डाक्टर अजयक्रान्ति शाक्यले आफ्नो मन्त्रालय अन्तर्गतका एक वर्षमा सम्पन्न गर्नुपर्ने पचास वटा योजना एक महिना भित्रै सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेको बताएका छन् ।

नेकपा एमाले काठमाडौँ महानगर कमिटी वडा १२, २१ र २२ ले संयुक्तरुपमा उनको सम्मानमा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमलाई आज लगनटोलमा सम्वोधन गर्दै यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय अन्तर्गत एक वर्षमा सम्पन्न गर्नुपर्ने पचास ओटा योजना रहेछन्’ मन्त्री शाक्यले भने, ‘ती कार्यक्रम एक महिना भित्र सम्पन्न गर्ने लक्ष्यका साथ अहिले म दैनिक १२ घण्टा मन्त्रालयमा बसेर काम गरिरहेको छु ।’

उनले त्यसका लागि सबैको साथ–सहयोगको अपेक्षा गरेको गरेको पनि बताए ।

‘माननीय अष्टलक्ष्मी शाक्यज्युको नेतृत्वको यो सरकारले निरन्तरता पायो भने एक महिनामा यी सबै योजनाको टुंगो लगाएर अरु थप पचास वटा योजनासहित त्यसका लागि बजेट बनाएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्दछु,’ शाक्यले भने, ‘वर्तमान सरकारले निरन्तरता पाएन भने आउने मन्त्रीका लागि यो आर्थिक वर्षका लागि गर्नुपर्ने काम बाँकी रहने छैनन् । उहाँहरु मन्त्रीको कुर्सीमा बसे मात्रै हुन्छ ।’

साथै उनले बागमती प्रदेशका १ सय २ ओटा कानुन निर्माण भैसकेको जानकारी दिए । ‘करीब ३७ ओटा ऐन बनाउन बाँकी छ,’ उनले भने, ‘ त्योसँगै केही कानुन र ऐन पनि बनाउन बाँकी छ । त्यो काममा मेरो ध्यान जाने छ ।’

कार्यक्रमलाई सम्वोधन गर्दै पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठले मन्त्री शाक्यको बौद्धिकताको चर्चा गर्दै जति समय रहे पनि उहाँबाट राम्रो काम हुने अपेक्षा गरेको बताए ।

काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले पनि शाक्य बागमती प्रदेशको मन्त्री बन्नु वडा–२१ बासीको मात्रै गौरव नभई बागमती प्रदेशका जनताले बौद्धिक व्यक्तित्व प्राप्त गरेको बताए ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  १० : ३० बजे

वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदरमा थप गिरावट

काठमाडौं– चालु आर्थिक वर्षको भदौ महिनाको तुलनामा वाणिज्य बैंकहरूमा असोज

एकैदिन तोलामा एक हजार ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  सुनको

सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी, कसरी लाग्यो आगो ?

काठमाडौँ – सर्वोच्च अदालतको निर्माणाधीन नयाँ भवनमा बुधबार पुनः आगलागी

मर्स्याङ्दी नदीमा पानीको सतह बढ्यो : सतर्कता अपनाउन आग्रह

लमजुङ– लगातार वर्षा भइरहेका कारण मर्स्याङ्दी नदीमा पानीको सतह बढेको

पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध

काठमाडौं– अविरल वर्षाका कारण पहिरो जाँदा लमजुङ–मनाङ जोड्ने एकमात्र बेँसीसहर–चामे