आईसीसी विश्वकप क्रिकेट लिग–२ : ओमानविरुद्ध नेपाल विजयी « Khabarhub

आईसीसी विश्वकप क्रिकेट लिग–२ : ओमानविरुद्ध नेपाल विजयी


३ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय शृंखलामा नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको छ ।

आइतबार अल अमिरात क्रिकेट मैदानमा १२१ रनको टार्गेटसहित जवाफि ब्याटिङमा आएको नेपालले १८ ओभर २ बलमा ३ विकेट गुमाउँदै १२२ रन बनाएको हो ।

नेपालको जितमा कप्तान ज्ञानेन्द्र मल्ले सर्वाधिक ५२ रन बनाए । ४६ बल खेलेका ज्ञानेन्द्रले २ छक्का र ४ चौका प्रहार गरे । यस्तै आशिफ शेखले ४० रन बनाए । ४४ बल खेलेका शेखले ७ चौका प्रहार गरे ।

ओमानका नेस्टर धम्बाले दुई विकेट लिए । कालीमुल्लाह एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले ३७ ओभर १ बलमा अलआउट हुँदै १ सय २१ रन बनाउको थियो ।

ओमानका लागि कप्तान जिशन मक्सुदले सर्वाधिक ४१ रन बनाए । यस्तै जतिन्दर सिंहले १३ रन जोड्दा नसिम खुसी १२ रनमा आउट भए ।

सन्दीप गौडले ८ रन, आयन खानले ७ रन जोड्दा सुफ्यान मेहमुद र मोहमद नदीमले ४/४ रन जोडे । सुरज कुमार र नेस्टर धाम्बा खाता नखोल्दै पेभेलियन फर्किए ।

कालिमउल्लाह ११ रनमा अविजित रहदा बिलाल खानले ९ रन बनाए ।

ओमानलाई सस्तैमा समेट्न करण केसी र सन्दीप लामिछानेले ४–४ विकेट लिए । शरद भेषवाकरले २ विकेट लिए ।

लिग – २ शृंखलामा नेपालले पहिलो पटक ओमानलाई पराजित गरेको हो । गत मंगलबार भएको खेलमा नेपाल ओमानसँग ५ विकेटले पराजित भएको थियो ।

त्यसअघि शृंखलाको पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । तर, दोस्रो खेलमा अमेरिकाले नेपाललाई ६ विकेटले हराएको थियो ।

लिग–२ मा नेपाल ८ खेलमा ८ अंक जोडेर छैटौं स्थानमा रहेको छ । ओमान १३ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ । अमेरिका १५ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  ९ : १९ बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन