रानीमहल घुम्न गएका पर्यटक अलपत्र « Khabarhub

रानीमहल घुम्न गएका पर्यटक अलपत्र


२ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा – पाल्पामा दुई दिनदेखि परेको अविरल वर्षापछि आएको पहिरोका कारण रानीमहल घुम्न गएका पर्यटक अलपत्र परेका छन् । पहिरोका कारण रानीमहल घुम्न जाने र घुमेर फर्कने पर्यटक बाटोमै रोकिएका हुन् ।

निरन्तरको वर्षाका कारण तानसेन रानीमहल सडक खण्ड २४ घण्टादेखि अवरुद्ध छ । स्थानीय वसन्त कुवरका अनुसार रानीमहल सडक खण्डको आधा दर्जन बढी स्थानमा पहिरो गएको छ । गाईघाट, बैकुण्ठे भीर,हात्ति ढुङ्गालगायतका ठाउँमा पहिरो गएको हो ।

तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीले डोजर पठाएर पहिरो हटाउने तयारी भएको बताए । एक दुई घण्टाभित्र पहिरो हटाउन सकिने उनले बताए ।

प्रेमको प्रतीक रानीमहल घुम्न दशैँलगत्तै पाल्पा सहित छिमेकी जिल्लाहरु गुल्मी, स्याङ्जा, पर्वत, बागलुङ, काठमाडौँ, पोखरा, बुटवल, कपिलवस्तुबाट पर्यटक जान्छन् ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  १० : ३५ बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी