माओवादी केन्द्रको तल्ला निकायको सम्मेलनको कार्यतालिका हेरफेर « Khabarhub

माओवादी केन्द्रको तल्ला निकायको सम्मेलनको कार्यतालिका हेरफेर

पार्टी सदस्यता नवीकरणको म्याद कात्तिक २७ सम्म थप


२ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)ले पार्टीका तल्ला निकायको सम्मेलनको कार्यतालिका हेरफेर गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बिहान बसेको बैठकले प्रदेश, पालिका, वडा र टोल सम्मेलनको कार्यतालिका परिमार्जन गरेको हो ।

बैठकले टोल सम्मेलन अगामी कात्तिक २७ गतेसम्म, वडा सम्मेलन आगामी मङ्सिर ४ गतेसम्म, पालिका सम्मेलन मङ्सिर ११ गतेसम्म र प्रदेश सम्मेलन मङ्सिर २५ गतेसम्म सम्पन्न गर्ने गरी म्याद थप गरेको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

यसअघि टोल सम्मेलन ६ कात्तिक, वडा सम्मेलन १३ कात्तिक, पालिका सम्मेलन ४ मङ्सिरमा सम्पन्न गर्ने तालिका बनाइएको थियो । तोकिएको समयभित्र सम्बन्धित निकायका सम्मेलन सम्पन्न गर्न समयाभाव भएपछि माओवादीले कार्यतालिका हेरफेर गरेको हो ।

यस्तै बैठकले पार्टी सदस्यता नवीकरणको म्याद यही कात्तिक २७ सम्म थप गरेको छ । यसअघि पार्टी सदस्यता नवीकरणको म्याद असोज मसान्तसम्म तोकिएको थियो । राष्ट्रिय सम्मेलनको कार्यतालिकामा भने कुनै हेरफेर नभएको उनले बताए ।

आगामी पुसको दोस्रो साता माओवादीको राष्ट्रिय सम्मेलन तय भएको छ । बैठकले केही कमिटी र आयोगलाई पूर्णता दिएको छ । बैठकले १४९ सदस्यीय सल्लाहकार समिति र ९९ सदस्यीय ज्येष्ठ कम्युनिष्टमञ्च गठन गरेको छ ।

यस्तै बैठकले पेशलकुमार पोखरेलको अध्यक्षतामा २५ सदस्यीय लेखा आयोग, टङ्क राईको अध्यक्षतामा २५ सदस्यीय अनुशासन आयोग गठन गरेको प्रवक्ता महराले जानकारी दिए । माओवादीले यसअघि नै विष्णुपुकार श्रेष्ठको अध्यक्षतामा २५ सदस्यीय केन्द्रीय निर्वाचन आयोग गठन गरिसकेको छ ।

बैठकले भूगोलभन्दा बाहिर पार्टी काममा संलग्न सदस्यलाई समेटेर १७५ सदस्यीय विशेष कमिटी गठन गर्ने निर्णयसमेत गरेको छ । स्थायी कमिटीको अर्को बैठक यही कात्तिक ४ गते बिहान ८ बजे बस्ने उनले जानकारी दिए ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  १२ : २५ बजे

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान

चरन क्षेत्रको अभावले बाँकेका पशुपालक किसान सङ्कटमा

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाका बम्बबहादुर पुनमगरलाई कुनै

एनपीएलमा पाकिस्तानी खेलाडीको सभागिता अन्योलमा : क्रिकइन्फो

काठमाडौं- क्रिकेट पोर्टल क्रिकइन्फोले नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानका