अक्षयको ‘ओ माई गड २’ मा ‘श्रीराम’ बन्दै अरुण « Khabarhub

अक्षयको ‘ओ माई गड २’ मा ‘श्रीराम’ बन्दै अरुण


२ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– रामानन्द सागरको १९८७ को टेलिभिजन शो ‘रामायण’मा ‘भगवान राम’को भूमिका निर्वाह गरेर लोकप्रिय बनेका अभिनेता अरुण गोविल फिल्ममा पुनः ‘श्रीराम’को भूमिकामा देखिने भएका छन् ।

अरुण फिल्म ‘ओ माई गड’को सिक्वेलमा ‘भगवान राम’को भूमिकामा देखिन लागेका हुन । अश्विन वर्दे र अक्षय कुमारले निर्माण गर्न लागेको यो फिल्मको निर्देशन अमित रायले गर्दैछन् ।

अक्षय फिल्ममा अरुणलाई ‘भगवान राम’ बनाउन निकै उत्सुक थिए । अक्षयको बुझाईमा यो चरित्रमा अरुणभन्दा बढी लोकप्रिय अनुहार कोही छैन ।

‘रामायण’को अडिसन ताका अरुण अस्वीकृत भएका थिए । रामानन्दलाई अरुणको धुम्रपान सेवनको बानी मनपरेको थिएन । खराब आदत भएको व्यक्तिलाई कसरी राम बनाउन सकिन्छ भन्ने रामानन्दको बुझाई थियो । तर अरुणले आफूले यो बानीलाई छोड्ने भरोसा दिलाए । अरुणको लुक टेस्टमा उनको मुस्कान देखेर रामानन्द प्रभावित भएपछि उनलाई तुरुन्तै अनुबन्ध गरेका थिए ।

फिल्म ‘ओ माइ गड २’मा अक्षयका अलावा पंकज त्रिपाठी र यामी गौतम फाइनल भइसकेका छन् । पहिलो फिल्म धार्मिक कट्टरता र अन्धविश्वासमा आधारित रहे पनि दोस्रो फिल्मले भारतीय सुरक्षा प्रणालीलाई देखाउनेछ ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  १ : ५३ बजे

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान

मोरङमा एसईईका सहायक केन्द्राध्यक्ष पक्राउ

काठमाडौँ- मोरङको ग्रामथान गाउँपालिकास्थित एक परीक्षा केन्द्रका सहायक केन्द्राध्यक्षलाई प्रहरीले