शर्लिनविरुद्ध राज र शिल्पाद्वारा ५० करोड क्षतिपूर्तिको मुद्धा दर्ता « Khabarhub

शर्लिनविरुद्ध राज र शिल्पाद्वारा ५० करोड क्षतिपूर्तिको मुद्धा दर्ता


२ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमरउजाला)– बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनका व्यापारी पति राज कुन्द्राले अभिनेत्री शर्लिन चोपडामाथि मानहानीको मुद्धा दर्ता गराएका छन् । शिल्पा र राजले अभिनेत्री चोपडाबाट ५० करोड क्षतिपूर्तिको मागदाबीसमेत गरेका छन् ।

राज र शिल्पाले शर्लिनलाई कैयौं पटक चेतावनी दिँदा पनि शर्लिन नसुध्रिएपछि यो निर्णय लिएका हुन् । शिल्पा र राजका वकिलले शर्लिनले जुनसुकै मिडियामा दिइरहेको बयानबाजी कानूनी दायरामा नरहेको बताएका छन् ।

‘मेरो ग्राहकका विरुद्ध पत्रकार सम्मेलन गर्नु उनीहरुलाई बदनाम गर्ने उद्देश्यले हो । शर्लिन चोपडाले बोलेका कुराहरु अदालतमा उनकाविरुद्ध दर्ता गरिएको उजुरीमा प्रमाणका रुपमा प्रयोग गरिएका छन्’, वकिलले भनेका छन् ।

शर्लिनले राज र शिल्पाविरुद्ध अक्टोबर १४ मा एफआईआर दर्ता गराएकी थिइन् । उनले राज र शिल्पाले आफूलाई धोका दिएको र मानसिक यातना दिएको आरोप लगाएकी थिइन् ।

राज र शिल्पाका वकिलले भने शर्लिनले राज र शिल्पामाथि लगाएको सबै आरोप मनगढन्ते, झुठो, तुच्छ, निराधार र बिना प्रमाणको रहेको बताएका थिए । उनले शर्लिनले राज र शिल्पाको छवि बिगार्दै उनीहरुबाट पैसा असुल्न आरोप लगाएको दाबी गरेका थिए ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  ५ : ३४ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

आज २०८२ साल माघ १ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १ गते बिहीबार तदनुसार

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति