बैंकहरुले ब्याजदर बढाएपछि राष्ट्र बैंकको हस्तक्षेप, ब्याजदर घटाउने नीति « Khabarhub

बैंकहरुले ब्याजदर बढाएपछि राष्ट्र बैंकको हस्तक्षेप, ब्याजदर घटाउने नीति


२ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बैंकहरुमा ब्याजदर बढाउने होडबाजी चलेपछि केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले हस्तक्षेप गरेको छ । मंगलबार बैंकहरुलाई तीन बुँदे निर्देशन दिँदै राष्ट्र बैंकले ब्याजदर घटाउन भनेको छ ।
बैंकहरुले ११.१० प्रतिशतसम्म ब्याजदर पुर्‍याएपछि राष्ट्र बैंकले हस्तक्षेप गरेको हो ।

बैंकहरुले ब्याजदर परिवर्तन गर्दा अघिल्लो महिनाको तुलनामा १० प्रतिशतभन्दा बढी बढाउन वा घटाउन पाउने छैनन् । यस्तै व्यक्तिगततर्फको मुद्दती निक्षेपको ब्याजदर संस्थागतभन्दा १ प्रतिशत बिन्दुले बढी हुनुपर्ने छ ।

साथै, बैंक तथा वित्तीय संस्थाले कात्तिक महिनाका लागि प्रकाशित भइसकेको ब्याजदर समेत बढी भएको अवस्थामा संशोधन गर्नुपर्नेछ । यसरी कात्तिक ३ गतेभित्र आफ्नो वेवसाइटमा सार्वजनिक गर्ने गरी सोही मितिबाट लागू गर्नुपर्नेछ । यस्तो ब्याजदर कात्तिक ५ गतेभित्र दैनिक पत्रिकामा समेत प्रकाश गर्नुपर्नेछ ।

प्रकाशित मिति : २ कार्तिक २०७८, मंगलबार  ९ : ४० बजे

अजित मिजारका परिवारसँग मन्त्री वादीको भेट

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

ओलीको अपमान खेपेका थपलियालाई पूर्वराष्ट्रपतिले अस्पतालमै पुगेर ढाडस दिइन्

काठमाडौं- तीन दिनअघि वीर अस्पतालमा भर्ना भएका नेकपा एमाले बागमती

प्रतिनिधिसभामा चार विधेयक प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा चार विधेयक प्रस्तुत भएका छन् ।

रास्वपाबाटै सुरू भयो बालेन सरकारविरुद्ध घेराबन्दी

काठमाडौं– २०८२ चैत १३ गते बनेको वालेन्द्र शाह ‘बालेन’ नेतृत्वको