प्रभु साहको निर्वाचन क्षेत्रमा प्रचण्डको आमसभा « Khabarhub

प्रभु साहको निर्वाचन क्षेत्रमा प्रचण्डको आमसभा


३ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ रौतहटको कटहरियामा हुने आमसभालाई सम्बोधन गर्ने भएका छन् । गत २९ कात्तिकमा मिति तय भएर पनि प्रचण्डको स्वास्थ्यका कारण स्थगित भएको आमसभालाई सम्बोधन गर्न उनी शनिबार रौतहट जान लागेका हुन् ।

यो क्षेत्र नेकपा (एमाले) नेता प्रभु साहको निर्वाचन क्षेत्र हो । साह माओवादी परित्याग गरी एमालेमा प्रवेश गरेका थिए । प्रचण्डले सभालाई सम्बोधनका साथै पार्टी प्रवेश कार्यक्रम पनि हुने जिल्ला संयोजक देवेन्द्र पटेलले जानकारी दिए ।

‘कटहरिया बजारको पाँच बिघा क्षेत्रफलमा विशाल आमसभा गर्ने तयारीमा लागेका छौं,’ पटेलले भने, ‘प्रचण्डको विशेष सम्बोधनका साथै विभिन्न पार्टी परित्याग गरी आउनेलाई पार्टी प्रवेश कार्यक्रम पनि आयोजना हुनेछ ।’ तर, माओवादी प्रवेश गर्ने जिल्ला तहका प्रतिनिधि र स्थानिय तहका निर्वाचित वडा अध्यक्षलाई प्रचण्डले पार्टी प्रवेश गराउने छन् ।

पूर्वमाओवादी सांसद साहको गृहनगर मौलापुरमा आमसभा राख्ने प्रस्ताव पार्टी भित्रवाट आए पनि अन्ततः छिमेकी नगरपालिका कटहरियामा आमसभा हुनेछ । साहको निर्वाचन क्षेत्रमा माओवादीले जित हासिल गरेका मौलापुर र कटहरियाका मेयर भने पार्टी नै परित्याग गरी नेकपा एमालेमा प्रवेश गरिसकेका छन् । सोही स्थानमा माओवादीले प्रचण्डलाई विशेष अतिथिका रुपमा बोलाएको हो ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ९ : ४० बजे

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन

निर्माण क्षेत्रको मूल्य समायोजन लागू गर्ने सरकारको निर्णय, इन्धनदेखि डण्डीसम्म समेटिने

काठमाडौँ – सरकारले निर्माण क्षेत्रमा देखिएको अस्वाभाविक मूल्यवृद्धिलाई सम्बोधन गर्न

अत्यधिक गर्मीले गर्भवती र नवजात शिशु जोखिममा

नाडी – जलवायु परिवर्तनका कारण बढ्दै गएको अत्यधिक गर्मीले गर्भवती महिला

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य ५ निर्णयहरू

काडमाडौं– सरकारले सोमबार गरेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ

एकैदिन रिलिज भएका तीन नेपाली फिल्मले कति कमाए ?

काठमाडौं– गत असोज ९ गते शुक्रबार प्रदर्शनमा  एकैपटक तीन नेपाली