पारिश्रमिक दिन ढिलाइ गर्ने कतारका ३१४ कम्पनी कारबाहीमा  « Khabarhub

पारिश्रमिक दिन ढिलाइ गर्ने कतारका ३१४ कम्पनी कारबाहीमा 


३ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा – कतार सरकारले कामदारलाई समयमा पारिश्रमिक नदिने ३ सय १४ रोजगारदाता कम्पनीलाई कारबाही गरेको छ ।

अक्टोबर १ देखि नोभेम्बर १५ तारिखसम्मको अवधिमा श्रम ऐन उल्लङ्घन गरेको भन्दै ३ सय १४ रोजगारदाता कम्पनीलाई कारबाहीको लागि सम्बन्धित निकायमा पठाइएको कतारको श्रम मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार श्रम ऐन उल्लङ्घन गर्ने कम्पनीहरूले ठेक्कापट्टा र सार्वजनिक सेवा क्षेत्रमा काम सञ्चालन गरेको र समयमा कामदारलाई पारिश्रमिक नदिएकाले कारबाहीको लागि सिफारिस गरिएको हो ।

कम्पनीहरूले श्रम कानुनको धारा ६६ को पालना गर्न असफल भएको छ, २००४ को कानुन नम्बर १४ द्वारा जारी गरिएको, २०१५ को कानुन नम्बर १ द्वारा परिमार्जन गरिएको कानुन अनुसार भुक्तानी गर्न ढिलाइ वा पालना नगरेको मन्त्रालयलाई उद्धृत गर्दै पेनिन्सुला कतारले जनाएको छ ।

वैदेशिक रोजगारीमा रहेका कामदारहरूको पारिश्रमिकको सन्दर्भमा मन्त्रालयले आर्थिक दायित्व लिँदै आप्रवासी कामदारहरूको अधिकारको ग्यारेन्टी गर्न चाहेको जनाएको छ ।

मन्त्रालयले श्रम कानुनहरूको पालना गरे नगरेको अनुगमन गर्ने र रोजगारदाता कम्पनीहरूको निरीक्षण र गुणस्तर जाँच गर्ने अभियान आगामी दिनहरूमा पनि जारी राख्ने जनाएको छ ।

नेपाली कामदारको श्रम गन्तव्य रहेको कतारमा निर्माण लगायतका क्षेत्रमा गरी ३ लाख १२ हजार ६५० नेपाली वैधानिक रूपमा कार्यरत छन्। जसमा ११ हजार ९० जना महिला छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  १० : ४८ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै