बंगलादेशी स्टार हीरोसँग सहकार्य गर्दै रानु | Khabarhub Khabarhub

बंगलादेशी स्टार हीरोसँग सहकार्य गर्दै रानु


३ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– भारतीय गायिका लता मंगेशकरको गीत ‘एक प्यार का नगमा है’ गाएर रातारात स्टार बनेकी रानु मण्डलको अवस्था अहिले फेरिएको छ । संगीतकार तथा गायक हिमेश रेशमियासँग गीत गाएकी रानूले बंगलादेशी स्टार हीरो अलोमले निर्माण गर्ने दुई गीतमा गाउने अवसर पाएकी छन् ।

बंगलादेशी स्टार हीरोले सामाजिक सञ्जालमार्फत यो कुराको पुष्टि गरेका छन् । यो खबर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा सकारात्मक र नकारात्मक प्रतिक्रिया आइरहेका छन् । केहीले रानु पुनः चर्चामा आउने बताइरहँदा केहीले भने उनलाई ट्रोल गर्ने योजना खुलाएका छन् ।

रानुलाई बलिउडमा पहिलो मौका हिमेशले नै दिएका थिए । उनले आफ्नो फिल्म ‘हेप्पी, हार्डी और हीर’मा दुई गीत गाउने अवसर दिएका थिए । फिल्ममा रानूले ‘आशिकी में तेरी’, ‘तेरी मेरी कहानी’ गाएका थिए । यो गीतका लागि उनले लाखौं रुपैंयाँ पारिश्रमिक लिएकी थिइन् । तर रानूले यो लोकप्रियतालाई लामो समय सम्हाल्न पाइनन् ।

फिल्मपछि उनलाई स्टेज शो र फेसन शोसम्मको अफर गरिएको थियो । जहाँ उनको व्यवहारका कारण ट्रोल हुनु परेको थियो । सन् २०१९ मा एक भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको थियो । भिडियोमा लता मंगेशकरको गीत ‘एक प्यारका नगमा है’ गाएर एक महिला पैसा मागिरहेकी थिइन् । ती महिला रानु नै थिइन् । भिडियो सार्वजनिक हुनासाथ उनी रातारात इन्टरनेट सेन्सेसन बनिन् ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  १२ : ०५ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र