बंगलादेशी स्टार हीरोसँग सहकार्य गर्दै रानु « Khabarhub

बंगलादेशी स्टार हीरोसँग सहकार्य गर्दै रानु


३ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– भारतीय गायिका लता मंगेशकरको गीत ‘एक प्यार का नगमा है’ गाएर रातारात स्टार बनेकी रानु मण्डलको अवस्था अहिले फेरिएको छ । संगीतकार तथा गायक हिमेश रेशमियासँग गीत गाएकी रानूले बंगलादेशी स्टार हीरो अलोमले निर्माण गर्ने दुई गीतमा गाउने अवसर पाएकी छन् ।

बंगलादेशी स्टार हीरोले सामाजिक सञ्जालमार्फत यो कुराको पुष्टि गरेका छन् । यो खबर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा सकारात्मक र नकारात्मक प्रतिक्रिया आइरहेका छन् । केहीले रानु पुनः चर्चामा आउने बताइरहँदा केहीले भने उनलाई ट्रोल गर्ने योजना खुलाएका छन् ।

रानुलाई बलिउडमा पहिलो मौका हिमेशले नै दिएका थिए । उनले आफ्नो फिल्म ‘हेप्पी, हार्डी और हीर’मा दुई गीत गाउने अवसर दिएका थिए । फिल्ममा रानूले ‘आशिकी में तेरी’, ‘तेरी मेरी कहानी’ गाएका थिए । यो गीतका लागि उनले लाखौं रुपैंयाँ पारिश्रमिक लिएकी थिइन् । तर रानूले यो लोकप्रियतालाई लामो समय सम्हाल्न पाइनन् ।

फिल्मपछि उनलाई स्टेज शो र फेसन शोसम्मको अफर गरिएको थियो । जहाँ उनको व्यवहारका कारण ट्रोल हुनु परेको थियो । सन् २०१९ मा एक भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको थियो । भिडियोमा लता मंगेशकरको गीत ‘एक प्यारका नगमा है’ गाएर एक महिला पैसा मागिरहेकी थिइन् । ती महिला रानु नै थिइन् । भिडियो सार्वजनिक हुनासाथ उनी रातारात इन्टरनेट सेन्सेसन बनिन् ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  १२ : ०५ बजे

बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो

काठमाडौं– जापानमा जारी बीसौँ एसियाली खेलकुद प्रतियोगितामा तेन्जिङ शेर्पाले नेपाललाई

वसन्तपुरमा देवी नाच प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ उपत्यकाको प्रसिद्ध सांस्कृतिक पर्व येँया (इन्द्रजात्रा)को विधिवत सुरुवातको

प्रतिनिधिसभाको बैठक : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठक सुरू भएको छ । बैठकमा अहिले

कृषि उत्पादनसँगै नयाँ जात र प्रविधिको परीक्षणमा जोड

काभ्रे– काभ्रेपलाञ्चोकको पाँचखालमा कृषि उत्पादनसँगै नयाँ जात र प्रविधिको परीक्षण

राष्ट्रपतिसमक्ष महिला आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय महिला आयोगले आर्थिक वर्ष