सप्तरीमा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु | Khabarhub Khabarhub

सप्तरीमा छुट्टाछुट्टै घटनामा दुईजनाको मृत्यु


३ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- जिल्लाको छुट्टाछुट्टै ठाउँमा भएका घटनामा परी दुई जनाको मृत्यु भएको छ । खडक नगरपालिका–६ वीरपुरमा आज ट्याक्टरदुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् ।

पूर्व पश्चिम राजमार्गमा पूर्वतर्फ आउँदै गरेको स१त ६२५६ नंको ट्याक्टरले विपरीत दिशाबाट जाँदै गरेको बा९३प ३५९ नंको मोटरसाइकललाई ठक्कर दिएपछि ट्याक्टरसडकबाट पाँच मिटर तल खसेर पल्टिएको थियो ।

सोही ट्याक्टरमा सवार सिरहाको नरहा गाउँपालिका–३ पाँडा टोलका रामदेव यादवकी ६५ वर्षीया पत्नी काशी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटना घाइते उनीलाई उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पताल ल्याइए पनि उपचारकै क्रममा उनको आज मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए।

दुर्घटनामा ट्याक्टरमा सवार सोही ठाउँका उपेन्द्र यादवकी पत्नी ६५ वर्षीया प्रमिला यादव, २३ वर्षीया छोरा श्याम यादव, गोलबजार नगरपालिका–३ चौहर्वाका नागेन्द्र यादवको १० वर्षीय पप्पु यादव घाइते भएका छन् ।

यस्तै वडा नं ४ का वकिलदेव यादवकी ३२ वर्षीया पत्नी सङ्गीया यादव, देवेन्द्र यादवकी ४३ वर्षीय पत्नी सुशीला यादव र प्रदीप यादवकी ४ वर्षीया छोरी सिद्धान्त यादव घाइते भएको प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिए ।

यसैगरी, मोटरसाइकलमा सवार झापाको हल्दिबारी गाउँपालिका–५ कञ्चनश्रीका ४९ वर्षीय नरेन्द्र पराजुलीसमेत घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि रायुपुरस्थित युनिक अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै पूर्व–पश्चिम राजमार्गकै सप्तरीको शम्भुनाथ नगरपालिका–५ मोहनपुरमा बिग्रिएर रोकिराखेको बसमा मोटरसाइकल ठोकिँदा मोटरसाइकल चालकको सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ कविलासका अन्दाजी २८ वर्षीय भूपेन्द्र चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । ना५ख ८०१० नंको यात्रुवाहक बस बिग्रिएर रोकिराखेका अवस्थामा प्रदेश २–०१–००१प२९७१ नंको मोटरसाइकल ठोकिएर दुर्घटना भएको थियो ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  १ : ०९ बजे

प्रि ओपन सेसन : नेप्सेमा साढे २ अंकको वृद्धि

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल

दाउन्ने–दुम्कीवास सडकको वैकल्पिक मार्ग पनि अवरुद्ध

नवलपरासी– बुटवल–नारायणगढ सडकअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को दुम्कीवास क्षेत्रको वैकल्पिक

‘सङ्घ र प्रदेश सरकारको बजेटले पञ्चायतको झल्को दिएको छ’

काठमाडौँ – गएको जेठ १५ गते सङ्घीय सरकार र असार

वीरगञ्ज नाकाबाट ५९ हजार बढी इन्धन सवारी भित्रिए

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ११ महिनामा १५

‘कृषिको उत्पादकत्व बढाउन बाँदर नियन्त्रण जरुरी’

बागलुङ– बागलुङको जैमिनी नगरपालकाले तीन वर्षदेखि चर्चामा सीमित भएको बाँदर