कांग्रेस अधिवेशन अन्नर्गत खोटाङको प्रदेश सभा ‘ख’ मा ४० प्रतिशत मत खस्यो, प्रदेश ‘क’ मा विवाद | Khabarhub Khabarhub

कांग्रेस अधिवेशन अन्नर्गत खोटाङको प्रदेश सभा ‘ख’ मा ४० प्रतिशत मत खस्यो, प्रदेश ‘क’ मा विवाद


३ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत खोटाङ प्रदेश सभा (ख) को अधिवेशन जारी छ । केही बेरअघि नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।

सिमपानी क्याम्पसमा सुरु क्षेत्रीय कार्यसमिति प्रदेश सभा (ख) को मतदान बिहान १० बजेदेखि सुरु भएको हो । हालसम्म ४० प्रतिशत मत खसेको छ ।

हलेसीस्थित महेन्द्रोद्वय माविमा आयोजना गरिएको क्षेत्रीय कार्यसमिति प्रदेश सभा (क) को अधिवेशन जारी छ । तर नयाँ नेतृत्वका लागि निर्वाचन गर्ने भनिए पनि अहिलेसम्म मतदान सुरु हुन सकेको छैन ।

महाधिवेशन प्रतिनिधिका उम्मेद्वार किसन भुजेल ‘अल्पसंख्यक हुन् वा होइनन्’ भन्ने विषय टुंगो नलाग्दा मतदान सुरु हुन नसकेको जनाइएको छ । अल्पसंख्यकको सूचीमा ‘खवास’ मात्र उल्लेख भएकाले भुजेलको विषयमा विवाद उठेको हो । विवाद समाधानको नजिक पुगेको निर्वाचन अधिकृत शिवहरि ढकालले बताए ।

क्षेत्रीय अधिवेशनमा प्रदेश सभा (क) र (ख) मा सात–सात सय क्षेत्रीय प्रतिनिधिले भोट हाल्ने कांग्रेसले जनाएको छ । क्षेत्रीय कार्यसमितिको अधिवेशनको चुनावी दौडमा देउवा, पौडेल, कोइराला, सिटौला र गगन थापा निकट चार प्यानल चुनावी मैदानमा देखिएका छन् ।

देउवा निकट टिमले कांग्रेस क्षेत्रीय कार्यसमिति प्रदेश (क) मा भक्तजंग राईलाई सभापतिमा उठाएको छ । उपसभापतिमा दिलीपराजा गिरी र उद्धव राई, सचिवमा सुमन आचार्य र राजकुमार राई, सहसचिवमा मनकुमार तामाङ र मकर राई उठेका छन् ।

कोइराला निकट टिमबाट क्षेत्रीय कार्यसमिति प्रदेश सभा (क) को सभापतिमा राजेन्द्र राई, उपसभापतिमा बालकुमार राई र मित्रलाल पुरी, सचिवमा राजन भट्टराई र ज्ञानेन्द्र राई, सहसचिवमा पृथ्वीनारायण आचार्य र भूपेन्द्र खनाल उठेका छन् ।

पौडेल निकट टिमबाट क्षेत्रीय कार्यसमिति प्रदेश सभा (ख) को सभापतिमा दिनेश घिमिरे, उपसभापतिमा महेन्द्र राई र रमाहाङ राई, सचिवमा समराज राई र प्रवीण राई, सह–सचिवमा कमल प्रधान र राजकुमार बस्नेत छन् ।

कृष्ण सिटौला र गगन थापा प्यानलबाट क्षेत्रीय कार्यसमिति प्रदेश सभा (ख) को सभापतिमा चण्डीकुमार राई, उपसभापतिमा हरिबहादुर खड्का र रामचन्द्र केसी, सचिवमा बलराम राई र मोहन कटुवाल, सहसचिवमा मणिराज खत्री र शिव राई चुनावी मैदानमा छन् ।

-न्यूज कारखानाबाट

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  २ : १७ बजे

तिहारलाई लक्षित गर्दै ‘वरिष्ठ बलराम’ प्रदर्शन हुने

काठमाडौं – आगामी तिहारलाई लक्षित गर्दै कात्तिक ६ गतेदेखि नेपाली

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा थप पाँच रिट दर्ता

काठमाडौं – सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध आज थप पाँच रिट

जिल्लास्तरमा निर्वाचनमैत्री वातावरण बनाउन गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

जेन-जी नामबाट दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन

काठमाडौं – नयाँ राजनीतिक शक्ति राष्ट्रिय जेन–जि पार्टी नेपालले दल

पाँचसय र एकहजारका नोट बन्द गर्न विप्लव नेतृत्वको नेकपाको माग

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टीको हालै सम्पन्न