कांग्रेस अधिवेशन अन्नर्गत खोटाङको प्रदेश सभा ‘ख’ मा ४० प्रतिशत मत खस्यो, प्रदेश ‘क’ मा विवाद « Khabarhub

कांग्रेस अधिवेशन अन्नर्गत खोटाङको प्रदेश सभा ‘ख’ मा ४० प्रतिशत मत खस्यो, प्रदेश ‘क’ मा विवाद


३ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत खोटाङ प्रदेश सभा (ख) को अधिवेशन जारी छ । केही बेरअघि नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।

सिमपानी क्याम्पसमा सुरु क्षेत्रीय कार्यसमिति प्रदेश सभा (ख) को मतदान बिहान १० बजेदेखि सुरु भएको हो । हालसम्म ४० प्रतिशत मत खसेको छ ।

हलेसीस्थित महेन्द्रोद्वय माविमा आयोजना गरिएको क्षेत्रीय कार्यसमिति प्रदेश सभा (क) को अधिवेशन जारी छ । तर नयाँ नेतृत्वका लागि निर्वाचन गर्ने भनिए पनि अहिलेसम्म मतदान सुरु हुन सकेको छैन ।

महाधिवेशन प्रतिनिधिका उम्मेद्वार किसन भुजेल ‘अल्पसंख्यक हुन् वा होइनन्’ भन्ने विषय टुंगो नलाग्दा मतदान सुरु हुन नसकेको जनाइएको छ । अल्पसंख्यकको सूचीमा ‘खवास’ मात्र उल्लेख भएकाले भुजेलको विषयमा विवाद उठेको हो । विवाद समाधानको नजिक पुगेको निर्वाचन अधिकृत शिवहरि ढकालले बताए ।

क्षेत्रीय अधिवेशनमा प्रदेश सभा (क) र (ख) मा सात–सात सय क्षेत्रीय प्रतिनिधिले भोट हाल्ने कांग्रेसले जनाएको छ । क्षेत्रीय कार्यसमितिको अधिवेशनको चुनावी दौडमा देउवा, पौडेल, कोइराला, सिटौला र गगन थापा निकट चार प्यानल चुनावी मैदानमा देखिएका छन् ।

देउवा निकट टिमले कांग्रेस क्षेत्रीय कार्यसमिति प्रदेश (क) मा भक्तजंग राईलाई सभापतिमा उठाएको छ । उपसभापतिमा दिलीपराजा गिरी र उद्धव राई, सचिवमा सुमन आचार्य र राजकुमार राई, सहसचिवमा मनकुमार तामाङ र मकर राई उठेका छन् ।

कोइराला निकट टिमबाट क्षेत्रीय कार्यसमिति प्रदेश सभा (क) को सभापतिमा राजेन्द्र राई, उपसभापतिमा बालकुमार राई र मित्रलाल पुरी, सचिवमा राजन भट्टराई र ज्ञानेन्द्र राई, सहसचिवमा पृथ्वीनारायण आचार्य र भूपेन्द्र खनाल उठेका छन् ।

पौडेल निकट टिमबाट क्षेत्रीय कार्यसमिति प्रदेश सभा (ख) को सभापतिमा दिनेश घिमिरे, उपसभापतिमा महेन्द्र राई र रमाहाङ राई, सचिवमा समराज राई र प्रवीण राई, सह–सचिवमा कमल प्रधान र राजकुमार बस्नेत छन् ।

कृष्ण सिटौला र गगन थापा प्यानलबाट क्षेत्रीय कार्यसमिति प्रदेश सभा (ख) को सभापतिमा चण्डीकुमार राई, उपसभापतिमा हरिबहादुर खड्का र रामचन्द्र केसी, सचिवमा बलराम राई र मोहन कटुवाल, सहसचिवमा मणिराज खत्री र शिव राई चुनावी मैदानमा छन् ।

-न्यूज कारखानाबाट

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  २ : १७ बजे

लुम्बिनी प्रदेशसभा बैठक : इन्धन मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत आज बसेको १३औँ बैठकमा प्रदेशसभा

सुनिल मन्त्री भएपछि अर्का सहयोगी भूपदेवलाई महामन्त्री बनाउँदै बालेन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीबाट दोस्रो महामन्त्री भूपदेव शाह बन्ने सम्भावना

रास्वपा केन्द्रीय समिति बैठक, केही नेताको जिम्मेवारी हेरफेर हुँदै

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक केन्द्रीय कार्यालय

अमेरिकी ‘सशस्त्र समुद्री डकैती’ को जवाफ दिने इरानी सेनाको चेतावनी

काठमाडौं- इरानको संयुक्त सैन्य मुख्यालयले अमेरिकी ‘सशस्त्र समुद्री डकैती’ को

स्पष्टीकरणले झन् समस्यामा गृहमन्त्री : सेयर किन्दा लागेको ऋण किन खुलाएनन् सम्पत्ति विवरणमा ?

काठमाडौं- गत चैत २९ गते सार्वजनिक भएको सम्पत्ति विवरणमा गृहमन्त्री