सहकारी क्षेत्रलाई मुलुकको समृद्धिको आधार बनाउनपर्छ: मन्त्री श्रेष्ठ | Khabarhub Khabarhub

सहकारी क्षेत्रलाई मुलुकको समृद्धिको आधार बनाउनपर्छ: मन्त्री श्रेष्ठ


३ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले सहकारी क्षेत्रलाई मुलुकको समृद्धिको आधारको रुपमा विकास गर्न मन्त्रालयले भिजन पेपर तयारीको काम अघि बढाएको बताएकी छन् ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन)को ३०औं साधारणसभाको आज उद्घाटन गर्दै मन्त्री श्रेष्ठले सहकारी क्षेत्रलाई मर्यादित, दिगो र विश्वसनीय बनाउनुपर्ने आवश्यकता औल्याउँदै समग्र विकासका लक्ष्यहरु प्राप्त गर्न सहकारी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न आफू प्रतिबद्ध रहेको बताइन्।

मन्त्री श्रेष्ठले अर्थतन्त्रको तीन खम्बे नीतिमा सहकारी क्षेत्र अर्थतन्त्रको अत्यन्त महत्त्वपूर्ण तथा संवेदनशील क्षेत्र भएकाले सामाजिक सशक्तीकरणमार्फत् गरिबी न्यूनीकरणको राष्ट्रिय लक्ष्यमा बचत तथा ऋण सहारी संस्थाहरुको योगदान महत्त्वपूर्ण रहने विश्वाससमेत व्यक्त गरिन्।

मन्त्री श्रेष्ठले राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ गर्ने, छरिएर रहेको श्रम, सीप, पुँजी र प्रविधिलाई एकीकृत गर्ने, बृहत सञ्जालीकरणमार्फत् समग्र उत्पादन, उत्पादकत्व र रोजगारी सिर्जनाद्वारा उद्यमशीलताको प्रवर्द्धन गरी स्वाधीन र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा बचत तथा ऋण सहकारी संस्थाहरुको महत्त्वपूर्ण भूमिका रहनेमा जोड दिइन्।

सहकारी र बैंकबीच कानुनी, प्रशासनिक तथा सैद्धान्तिक रुपमा नै अन्तर रहेकाले बचत तथा ऋण सहकारी तथा बहुउद्देश्य सहकारीहरु सामूहिक सहकार्य, प्रजातान्त्रिक अभ्यासद्वारा सामूहिक गतिविधिबाट सञ्चालन हुनुपर्ने विश्वव्यापी मान्यता रहेपनि नेपालमा साहुकारी मोडलमा सञ्चालन भएको विषय चिन्ताजनक रहेको भन्दै यसमा सुधार आवश्यक रहेको मन्त्री श्रेष्ठले औंल्याइन्।

उनले सहकारी आधारभूत मूल्यमान्यता र सिद्धान्तभन्दा बाहिर रहेर गरिएको केही क्रियाकलापका कारण नागरिकको विश्वास र भरोसा घटिरहेको वर्तमान सन्दर्भमा संस्थागत सुशासनको विषयमा पहल नलिने हो भने राज्यको नियन्त्रणबाट बाहिर जाने होकि भन्ने भइरहेकोले यस्तो अवस्था आउन नदिन सबै पक्ष लाग्नुपर्ने बताइन्।

बचत तथा ऋण सहाकारी क्षेत्रमा नीतिगत कानुनी तथा व्यावहारिक समस्या छन् भने त्यसलाई हटाइ साझा अवधारणा विकास गरी मन्त्रालय अघि बढ्न तयार रहेको पनि बताइन्। बचत तथा ऋण सहकारी संस्थाहरुलाई सीमान्तकृत समुदायमा विशेष कार्यक्रममार्फत् पहुँच स्थापित गर्न, बचत तथा ऋण सहकारी संस्थाहरुको एकीकरणमार्फत् बलियो संस्था बनाउन, कृषि, उत्पादनप्रति केन्द्रित गर्न र समग्र गुणस्तर कायम गर्न सबैको प्रयास आवश्यक रहेको बताइन्।

मन्त्री श्रेष्ठले सहकारी संस्थाहरुको वित्तीय सुशासन कायम गर्न सहकारी विभागमार्फत् सञ्चालनमा ल्याइएको सहकारी सूचना प्रणालीमा नि:शर्त आबद्ध हुने र सहकारी विभागमार्फत् जारी निर्देशिका, मापदण्डहरुको अक्षरशः पालना गर्न आग्रहसमेत गरिन्।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  २ : ३२ बजे

नारायणघाट-बुटवल सडकखण्ड राति १० घण्टा बन्द हुने

नवलपुर– पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल सडकखण्ड आजदेखि रातिमा १० घण्टा

रास्वपाले गर्‍यो स्व पत्रकार रजकको परिवारलाई आर्थिक सहयोग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीनकुने घटनामा निधन भएका पत्रकार

संसद्‍मा रास्वपाको अवरोधबीच मन्त्रालयअन्तर्गत विनियोजन बजेटमाथि छलफल

 काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अवरोधका बीच प्रतिनिधिसभाको

काठमाडौं उपत्यकामा दैनिक मेलम्चीको पानी : मन्त्री यादव

काठमाडौं– खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकामा चौबीसै घण्टा स्वच्छ

सुर्खेतमा रास्वपाले जनताको हस्ताक्षर संकलन गर्दै 

सुर्खेत–  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो तेस्रो स्थापना दिवसका अवसरमा