प्रचण्डसँग अमेरिकी सहायक मन्त्रीको भेट, एमसीसीबारे छलफल « Khabarhub

प्रचण्डसँग अमेरिकी सहायक मन्त्रीको भेट, एमसीसीबारे छलफल


३ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ ।

शुक्रबार भएको भेटमा अमेरिकी सहायता परियोजना मिलिनियमन च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौताबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । प्रचण्डले एमसीसीको सुरुआती दस्तावेजमा परिवर्तन गर्दा विवाद निम्तिएको बताएका छन् ।

अमेरिकी सहायक विदेशमन्त्रीले एमसीसी छिटो संसदबाट अनुमोदन हुनुपर्ने बताएका थिए । जवाफमा प्रचण्डले नेपालमा सो सम्झौतामा प्रश्न उठेको भन्दै सबै दलहरुबीच सहमति भएपछि अनुमोदन गर्दा सहज हुने बताएको प्रचण्डको सचिवालयले जनाएको छ । प्रचण्डले संसदमा दलहरुबीच एमसीसीमा मतविभाजन हुन सक्नेसमेत बताए ।

भेटमा नेपाल र अमेरिकाबीचको लामो द्विपक्षीय सम्बन्ध, कोभिड महामारीकालमा अमेरिकाले गरेको सहयोग, अमेरिकामा रहेका नेपालीको रोजगारी तथा सुरक्षाबारे पनि छलफल भएको सचिवालयले जनाएको छ ।

बुधबार काठमाडौँ आइपुगेका अमेरिकी सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गरेर एमसीसीबारे चासो राखेका थिए ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ५ : ०० बजे

स्पेनमा नोभेम्बर २९ मा आमनिर्वाचन, प्रधानमन्त्री सान्चेजद्वारा संसद् विघटनको घोषणा

म्याड्रिड- स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले आगामी नोभेम्बर २९ मा आमनिर्वाचन हुने

भारतीय प्रधानमन्त्री मोदीको सार्वजनिक जीवनमा २५ वर्ष पूरा, भाजपाले साताव्यापी कार्यक्रम गर्ने

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक जीवनमा २५ वर्ष पूरा गरेको

मलेसिया रोजगारीमा सीमित संस्थाको एकाधिकार रोक्न व्यवसायी सङ्घको माग

काठमाडौँ– नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसियामा नेपाली श्रमिक पठाउने

मानव-हात्ती सहअस्तित्वका लागि एनटीएनसी र एसईएफबीच सम्झौता

काठमाडौँ – मानव-हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र सहअस्तित्व कायम गर्न

कानुनमन्त्रीको स्पष्टीकरण : फौजदारी मुद्दामा कुनैपनि मिलापत्र हुँदैन

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले फौजदारी मुद्दाहरूमा