प्रचण्डसँग अमेरिकी सहायक मन्त्रीको भेट, एमसीसीबारे छलफल | Khabarhub Khabarhub

प्रचण्डसँग अमेरिकी सहायक मन्त्रीको भेट, एमसीसीबारे छलफल


३ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच भेटवार्ता भएको छ ।

शुक्रबार भएको भेटमा अमेरिकी सहायता परियोजना मिलिनियमन च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौताबारे छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । प्रचण्डले एमसीसीको सुरुआती दस्तावेजमा परिवर्तन गर्दा विवाद निम्तिएको बताएका छन् ।

अमेरिकी सहायक विदेशमन्त्रीले एमसीसी छिटो संसदबाट अनुमोदन हुनुपर्ने बताएका थिए । जवाफमा प्रचण्डले नेपालमा सो सम्झौतामा प्रश्न उठेको भन्दै सबै दलहरुबीच सहमति भएपछि अनुमोदन गर्दा सहज हुने बताएको प्रचण्डको सचिवालयले जनाएको छ । प्रचण्डले संसदमा दलहरुबीच एमसीसीमा मतविभाजन हुन सक्नेसमेत बताए ।

भेटमा नेपाल र अमेरिकाबीचको लामो द्विपक्षीय सम्बन्ध, कोभिड महामारीकालमा अमेरिकाले गरेको सहयोग, अमेरिकामा रहेका नेपालीको रोजगारी तथा सुरक्षाबारे पनि छलफल भएको सचिवालयले जनाएको छ ।

बुधबार काठमाडौँ आइपुगेका अमेरिकी सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गरेर एमसीसीबारे चासो राखेका थिए ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ५ : ०० बजे

स्पेन युरो कप फुटबलको सेमिफाइनलमा

काठमाडौं – घरेलु टोली स्वीजरल्यान्डलाई हराउँदै स्पेन महिला युरो कप

मनसुनी वायुको प्रभावले केही भूभागमा ठूलो वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

समाचार झुटो भएको भन्दै ट्रम्पले दायर गरे वाल स्ट्रिट प्रमुखविरुद्ध मुद्दा

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाल स्ट्रिट जनरलमा प्रकाशित

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल साउन ३ गते शनिबार। साउन