खोपको अभाव हुँदैन : स्वास्थ्यमन्त्री | Khabarhub Khabarhub

खोपको अभाव हुँदैन : स्वास्थ्यमन्त्री


३ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले नेपालका कोरोनाको खोप अभाव नहुने स्पष्ट पारेका छन् ।

शुक्रबार भक्तपुरमा राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले नेपालमा प्रयाप्त खोप आउने प्रक्रियामा रहेको भन्दै कोरोनाको खोप अभाव नहुने स्पष्ट पारे ।

अहिलेसम्म नेपाल कोरोनाबिरुद्धको ६ करोड खोपको अवस्थामा रहेको उनले बताए । मन्त्री खतिवडाले उनले वर्तमान सरकारले स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तन ल्याउन खोजेको बताए । त्यस्तै स्वास्थ्य बीमालाई बिस्तार गर्दै भुक्तानीलाई व्यवस्थित गरिने धारणा राखे ।

फरक प्रसंगमा नेकपा एकीकृत समाजवादीका नेता समेत रहेका खतिवडाले यसअघिको सरकारले गफ बढि काम कम गरेको आरोप लगाए । उनले कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्न खोजेकै कारण सवै प्रदेशबाट एमाले बाहिरिनुपरेको तर्क गरे। उनले राणा शासन, पञ्चायत र राजतन्त्रबिरुद्ध लडेका पार्टीहरुसँग मात्र निर्वाचनमा सहकार्य हुने बताए ।

 

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ६ : १० बजे

एउटै दमकलको भरमा लमजुङका आठ पालिका 

लमजुङ– गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङ एउटा मात्र दमकलको भरमा

कास्कीको लुम्ले र इलाममा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभागले कास्कीको लुम्ले र आसपासको

हात्तीको त्रास : घर भत्कियो, अन्न सखाप

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका– १ दोमिल्ला, साउन २ गतेको मध्यरात

रुससँग चाँडो युद्ध विराम गर्नुपर्ने युक्रेनको प्रस्ताव

किभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले चाँडो युद्ध विराम गर्नुपर्ने

देशभर वर्षाको सम्भावना, केही भूभागमा ठूलो पानी पर्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल