कांग्रेस काठमाडौँ अधिवेशन : ६ प्रदेश निर्वाचन क्षेत्रमा सर्वसम्मत नेतृत्व « Khabarhub

कांग्रेस काठमाडौँ अधिवेशन : ६ प्रदेश निर्वाचन क्षेत्रमा सर्वसम्मत नेतृत्व


३ मंसिर २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेस काठमाडौँको २० प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये ६ प्रदेशसभा निर्वाचन क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन भएको छ ।

पार्टीको १४औँ महाधिवेशनअन्तर्गत काठमाडौँका १० निर्वाचन क्षेत्रको प्रदेशसभा ‘क’ र ‘ख’ गरी २० प्रदेशसभा निर्वाचन क्षेत्रमा शुक्रबार भएको अधिवेशनमा ६ प्रदेशसभा निर्वाचन क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन भएको हो ।

कांग्रेस काठमाडौँका प्रमुख निर्वाचन अधिकृत एवम् वरिष्ठ अधिवक्ता नरहरि आचार्यले काठमाडौँ क्षेत्र नं ४ प्रदेश ‘ख’, काठमाडौँ क्षेत्र नं ५ प्रदेश ‘क’, काठमाडौँ क्षेत्र नं ६ प्रदेश ‘क’, काठमाडौँ क्षेत्र नं ७ प्रदेश ‘क’, काठमाडौँ क्षेत्र नं ८ प्रदेश ‘क’ र काठमाडौँ क्षेत्र नं ९ प्रदेश ‘ख’ मा निर्विरोध नेतृत्व चयन भएको जानकारी दिए ।

निर्विरोध भएसँगै काठमाडौँ क्षेत्र नं ४ प्रदेश ‘ख’ मा रामप्रसाद लुईँटेल, काठमाडौँ क्षेत्र नं ५ प्रदेश ‘क’ मा रमेश डङ्गोल, काठमाडौँ क्षेत्र नं ६ प्रदेश ‘क’ मा ख्यामराज तिवारी, काठमाडौँ क्षेत्र नं ७ प्रदेश ‘क’ मा नविन मानन्धर, काठमाडौँ क्षेत्र नं ८ प्रदेश ‘क’ मा इन्द्रमानसिंह सुवाल र काठमाडौँ क्षेत्र नं ९ प्रदेश ‘ख’ मा राजेन्द्रप्रसाद भट्टराई सभापति बनेका छन् ।

बीस वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा शुक्रबार अधिवेशन प्रक्रिया अगाडि बढे पनि काठमाडौँ निर्वाचन क्षेत्र नं १ को प्रदेश ‘क’ र ‘ख’मा भने भोलिमात्र निर्वाचन हुने प्रमुख निर्वाचन अधिकृत आचार्यले बताए। यसअघि काठमाडौँको १३८ वडा र ११ स्थानीय तहमा कांग्रेसको अधिवेशन सम्पन्न भइसकेको छ । काठमाडौँमा एक महानगरपालिका र १० नगरपालिका रहेका छन् ।

यस्तै, काठमाडौँमा यही मङ्सिर ६ गते क्षेत्रीय अधिवेशन र १० गते जिल्ला अधिवेशन हुँदैछ । कांग्रेसले आगामी मङ्सिर १६ र १७ गते प्रदेश अधिवेशन तथा मङ्सिर २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका रहेको छ । रासस

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  १० : ५१ बजे

कुवेतको विद्युत् तथा पानी प्रशोधन केन्द्रमा इरानको आक्रमण, खानेपानी आपूर्तिमा चिन्ता

कुवेत– इरानले गरेको आक्रमणबाट कुवेतको विद्युत् उत्पादन तथा समुद्री पानी

स्टार्मरको राजीनामापछि बर्नहम बेलायतको प्रधानमन्त्री बन्ने

एजेन्सी– लेबर पार्टीका वरिष्ठ नेता तथा ग्रेटर म्यानचेस्टरका पूर्वमेयर एन्डी

नेपालको राजनीतिमा ‘वनाना रिपब्लिक’

सर्वप्रथम हामीले ‘वनाना रिपब्लिक’ भनेको के हो ? कहाँबाट सुरु

इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव

काठमाडौं– यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले

मधेस विश्वविद्यालयमा तीन नयाँ शैक्षिक कार्यक्रम विस्तार हुँदै

जनकपुरधाम- मधेस विश्वविद्यालयले चालु शैक्षिक सत्र २०८३ देखि थप तीन वटा