‘मेरा नाम जोकर’बाट यसरी कंगाल बने राज कपूर « Khabarhub

‘मेरा नाम जोकर’बाट यसरी कंगाल बने राज कपूर


४ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– बलिउडका ‘शो मेन’ राज कपूरको फिल्म ‘मेरा नाम जोकर’ १९७० को डिसेम्बर १८ मा रिलिज भएको थियो । फिल्ममा धर्मेन्द्र, ऋषि कपूर, मनोजकुमार, दारा सिंह र सिमी ग्रेवालजस्ता कलाकारको अभिनय थियो । तर यो फिल्म बक्सअफिसमा नराम्रोसँग फ्लप भएको थियो । फिल्मले प्रदर्शनको ५१ वर्ष पुरा गरेको छ ।

यो फिल्म बनाउन निर्माता र निर्देशकलाई ६ वर्ष लागेको थियो । समयसँगै राज कपुरले फिल्म बनाउन पैसा पनि अधिक खर्च गरेका थिए । राजले फिल्मका लागि घर नै धरौटीमा राखेका थिए । यो फिल्मबाट राजले ठूलो आशा राखेका थिए । तर आशा निराशामा परिणत भयो । फिल्म फ्लप भएपछि राज चिन्तित बनेका थिए । किनकी उनीमाथि धेरै ऋण लागेको थियो । उनी कंगाल बनेका थिए ।

‘मेरा नाम जोकर’ चार घण्टा समयावधिको फिल्म थियो । यहीकारण फिल्ममा दुई मध्यान्तर राखिएको थियो । यो फिल्मको एक दृश्यमा अभिनेत्री सिमी ग्रेवाल लुगाबिना नै देखिएपछि उनी चर्चित बनेकी थिइन् ।

त्यो समयमा मनोज कुमार फिल्मका ठूला स्टार थियो । राजको फिल्ममा काम गर्ने चाहना पुरा गर्न उनले यो फिल्ममा छोटो भूमिकामा अभिनय गरेका थिए ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ११ : ११ बजे

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ

सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थिति बिना नै

विदेशमा जीवन, नेपालमा कलाकारिता : कलाकार जो वर्षौंपछि पर्दामा फर्किए

कुनै समय नेपाली फिल्मको पर्दामा लगातार देखिने कलाकार अहिले कहाँ