‘मेरा नाम जोकर’बाट यसरी कंगाल बने राज कपूर « Khabarhub

‘मेरा नाम जोकर’बाट यसरी कंगाल बने राज कपूर


४ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– बलिउडका ‘शो मेन’ राज कपूरको फिल्म ‘मेरा नाम जोकर’ १९७० को डिसेम्बर १८ मा रिलिज भएको थियो । फिल्ममा धर्मेन्द्र, ऋषि कपूर, मनोजकुमार, दारा सिंह र सिमी ग्रेवालजस्ता कलाकारको अभिनय थियो । तर यो फिल्म बक्सअफिसमा नराम्रोसँग फ्लप भएको थियो । फिल्मले प्रदर्शनको ५१ वर्ष पुरा गरेको छ ।

यो फिल्म बनाउन निर्माता र निर्देशकलाई ६ वर्ष लागेको थियो । समयसँगै राज कपुरले फिल्म बनाउन पैसा पनि अधिक खर्च गरेका थिए । राजले फिल्मका लागि घर नै धरौटीमा राखेका थिए । यो फिल्मबाट राजले ठूलो आशा राखेका थिए । तर आशा निराशामा परिणत भयो । फिल्म फ्लप भएपछि राज चिन्तित बनेका थिए । किनकी उनीमाथि धेरै ऋण लागेको थियो । उनी कंगाल बनेका थिए ।

‘मेरा नाम जोकर’ चार घण्टा समयावधिको फिल्म थियो । यहीकारण फिल्ममा दुई मध्यान्तर राखिएको थियो । यो फिल्मको एक दृश्यमा अभिनेत्री सिमी ग्रेवाल लुगाबिना नै देखिएपछि उनी चर्चित बनेकी थिइन् ।

त्यो समयमा मनोज कुमार फिल्मका ठूला स्टार थियो । राजको फिल्ममा काम गर्ने चाहना पुरा गर्न उनले यो फिल्ममा छोटो भूमिकामा अभिनय गरेका थिए ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ११ : ११ बजे

राप्ती र नारायणीमा भेटिए नौ भाले घडियाल

नवलपुर– चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती र नारायणी नदीमा

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी

चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने

काठमाडौं– सार्वजनिक निजी साझेदारीमार्फत चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माण एवम्