बाघको त्रासमा राप्ती सोनारीवासी « Khabarhub

बाघको त्रासमा राप्ती सोनारीवासी


४ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राँझा- बाँकेको राप्ती सोनारी गाउँपालिकाको जङ्गल क्षेत्रमा बाघले मान्छे झम्टिन थालेपछि स्थानीय बासिन्दा त्रसित भएका छन् ।

केही महिनाअघिसम्म राप्ती नदीवारी बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा देखिने गरेकामा अहिले सो गाउँपालिकाको वडा नं ६ स्थित फत्तेपुरको जङ्गल क्षेत्रमा बाघले मान्छेमाथि आक्रमण प्रयास गर्ने गरेको छ ।

शनिबार बिहान राप्ती सोनारी–५ बिनौनातर्फ जाने क्रममा जनसिद्देश्वर बहुमुखी क्याम्पस फत्तेपुरका प्रमुख लोकमणि बटालालाई बाघले झम्टिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए ।

उनका अनुसार क्याम्पसबाट शनिबार बिहान साढे ६ बजे मोटरसाइकलमा घरतर्फ जाँदै गर्दा आलीनगरमा पर्ने थारुमरैला खोलामा बाघले झम्टिँदा क्याम्पस प्रमुख बटाला भाग्न सफल भएका हुन् । आलीनगर पुग्नैलाग्दा ओरालो बाटोमा पछाडिबाट बाघ झम्टिन आएको थियो ।

बाघले झम्टे पनि पन्जाले नभेटाएकाले आफु बाँच्न सफल भएको क्याम्पस प्रमुख बटालाले बताए । शनिवार दिउँसो नै बाँकेको फत्तेपुरस्थित जङ्गलमा दाउरा खोज्न गएका दुई जनालाई पाटेबाघले घेरा हालेपछि उनीहरु रुखमा चढेर ज्यान जोगाउन सफल भएका छन् ।

वडा नं ६ फत्तेपुरस्थित राप्ती पीडित तथा गुलरी सामुदायिक वनभित्र दाउरा खोज्न गएका अशोककुमार थारु र राजाराम थारुलाई बाघले शनिबार दिउँसो घेरा हालेर आक्रमण गर्ने प्रयास गरेको थियो । अशोक डाँडाटेपरी र राजाराम गुलरी निवासी हुन् ।

बाघले लखेटेर घेरा हालेपछि अशोक र राजारामले रुखमा चढेर ज्यान जोगाएको राप्ती पीडित तथा गुलरी सामुदायिक वन उपभोक्ता समितिअन्तर्गत रहेको चोरी सिकारी नियन्त्रण समितिका संयोजक सिताराम थारुले बताए ।

बाँकेमा गत भदौ अन्तिम साता राप्ती सोनारी–१ कुसुमस्थित गाभरमा बाघले मान्छे खाएको थियो । त्यसको करिब डेढ महिनापछि नरैनापुरमा पनि बाघले मान्छे खाएको थियो । निकुञ्ज क्षेत्रमा रहेका बाघलाई निकुञ्ज कार्यालयले निगरानीमा राख्दै आएको छ । बाघको निगरानी बढाउन त्यस क्षेत्रमा क्यामेरा जडान गरिएको निकुञ्ज प्रशासनले जनाएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले दुई हात्ती र नेपाली सेनासहितको टोलीले २४सै घण्टा गस्ती गरिरहेको जानकारी दिए । बाघले आक्रमण गर्नसक्ने खतरा रहेकाले राजमार्गमा स्कुटर चलाउन रोक नै लगाइएको र मोटरसाइकल तथा अटोरिक्सालगायत साना सवारी साधनलाई समूहमा मात्र गुड्न दिइएको साहले बताए ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ११ : ४५ बजे

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा

विष्णु पौडेलले छाडे रुपेन्देही–२, पाल्पाबाट निर्वाचन लड्ने

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट चुनाव

ओखलढुंगामा यज्ञराज रोकेर अस्मितालाई दिए ओलीले टिकट

काठमाडौं – अनेरास्ववियुबाट राजनीति थालेकी ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको