संरक्षित पंक्षीसहित मुगुमा एक जना पक्राउ « Khabarhub

संरक्षित पंक्षीसहित मुगुमा एक जना पक्राउ


४ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु- जिल्ला प्रहरी कार्यालय मुगुले संरक्षित पंक्षी डाँफेसहित एक जनालाई पक्राउ गरेको छ ।

छायानाथ रारा नगरपालिका–३ का २० वर्षीय ध्रुवराज रोकायालाई प्रहरीले डाँफेसहित पक्राउ गरेको हो । उक्त पंक्षी फूली गाउँको पाँपे भन्ने जंगलमा मृत अवस्थामा फेला पारेको रोकायाले बताएका छन् ।

कार्यालयबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले रोकायालाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक सुवास हमालले बताए ।

डिभिजन वन कार्यालय मुगुका अनुसार वन ऐन २०२९ अनुसार उनलाई कार्वाही हुनेछ । पशुपंक्षी चोरी शिकार गर्ने व्यक्तिलाई तीनदेखि नौ महिना र १५ देखि २५ हजार नगदसहित दुवै सजाय हुने वन अधिकृत भरत बुढ्थापाले बताए ।

पक्राउ परेको पंक्षी पोथी डाँफे रहेको छ भने यसको तौल करिब दुई केजी छ ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ३ : २३ बजे

एन्फा अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा चलाउन सिफारिस

काठमाडौँ– अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा भएको आर्थिक अनियमितता

गाँजासहित एक युवक पक्राउ

भोजपुर– भोजपुरमा प्रहरीले ठूलो परिमाणमा गाँजासहित एक युवकलाई पक्राउ गरेको

आईसीसीको मान्यताको पर्खाइमा क्यान र एनपीएल टोली

काठमाडौँ– नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले तेस्रो संस्करणको नेपाल प्रिमियर

भाडा बढी लिए कारबाही हुन्छ : महासङ्घ

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ