भारतमा १२६ जनामा देखियो ओमिक्रोन | Khabarhub Khabarhub

भारतमा १२६ जनामा देखियो ओमिक्रोन


४ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतमा पछिल्लो २४ घन्टामा १३ जनामा कोभिडको नयाँ भाइरस ओमिक्रोन देखिएको छ ।

कर्नाटक र  महाराष्ट्रका ६–६ जनामा र केरलाका चार जनामा ओमिक्रोन संक्रमण देखिएको हो । योसँगै भारतमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या १२६ पुगेको छ । अहिलेसम्म दुई युनियन टेरिटोरी र ११ राज्यमा नयाँ भेरियन्ट देखिएको छ ।

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार महाराष्ट्रमा ४३,  दिल्लीमा २२, राजस्थानमा १७, कर्नाटकमा १४ र तेलंगनामा आठ, गुज्रातमा सात  र केरलामा ११ जनामा ओमिक्रोन देखिएको छ । त्यस्तै, आन्ध्र प्रदेश, चन्डीगढ, तमिल नाड्डु र पश्चिम वंगालमा एक एक जनामा नयाँ भेरियन्ट देखिएको छ ।

कर्नाटकमा संक्रमित ६ मध्ये एक जना बेलायतबाट आएका व्यक्तिमा देखिएको हो । संक्रमित सबै जनालाई आइसोलनमा छन् ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ४ : २० बजे

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ