‘पुष्पा’को व्यापार दुई दिनमै सय करोड « Khabarhub

‘पुष्पा’को व्यापार दुई दिनमै सय करोड


४ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

मुम्बई(आजतक)– सन् २०२१ दक्षिण भारतीय फिल्मका लागि उत्कृष्ट साबित भएको छ । दक्षिण भारतका कैयौं फिल्मले भारतीय दर्शकमात्र नभई विश्वकै दर्शकको ध्यान आफूतिर खिचिरहेको छ । ठूलो बजेटको दक्षिण भारतीय फिल्म ‘आरआरआर’को ग्राण्ड रिलिज अघि फिल्म ‘पुष्पाः द राइज’ले बक्सअफिसमा रिलिजको दुई दिनमै सय करोड बढीको व्यापार गरेको छ ।

व्यापार विश्लेषक रमेश बालाका अनुसार फिल्मले रिलिजको दुई दिनमा विश्वव्यापी रुपमा सय करोड बढी कारोबार गरेको छ । फिल्मले दुई दिनमा १ सय १६ करोड व्यापार गरेको छ । उसले पहिलो दिन ७१ करोड र दोस्रो दिन ४५ करोड गरी कुल १ सय १६ करोड व्यापार गरेको हो ।

अमेरिकाको बक्सअफिसमा फिल्मले १ दशमलब ३० मिलियन डलरको व्यापार गरेको छ । भारतीय रुपैंयाँमा यसलाई रुपान्तरण गर्दा करिब १० करोड रुपैंयाँ पर्दछ ।

अर्का विश्लेषक तरण आदर्शले हिन्दी बक्सअफिसको आँकडा सार्वजनिक गरेका छन् । उनका अनुसार फिल्मले पहिलो दिन ३ करोड र दोस्रो दिन ४ करोडको कमाई गरेको छ । यो हिसाबले फिल्मको हिन्दी भर्सनले दुई दिनमा सात करोडको कमाई गरेको छ । फिल्मले अष्ट्रेलियासहित अन्य देशमा सानदार कमाई गरिरहेको छ ।

फिल्ममा अल्लु अर्जुन र रश्मिका मन्दाना प्रमुख भूमिकामा छन् ।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ४ : २५ बजे

सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थिति बिना नै

विदेशमा जीवन, नेपालमा कलाकारिता : कलाकार जो वर्षौंपछि पर्दामा फर्किए

कुनै समय नेपाली फिल्मको पर्दामा लगातार देखिने कलाकार अहिले कहाँ

आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको चौथो दिन आज दसैँ घर वा

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २८ गते बुधबार सन् २०२६