नेपाली क्रिकेटलाई केल्मीले दुई वर्षसम्म प्रायोजन गर्ने (भिडियो) « Khabarhub

नेपाली क्रिकेटलाई केल्मीले दुई वर्षसम्म प्रायोजन गर्ने (भिडियो)


४ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) र केल्मी नेपालबीच दुई पक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच क्यान र केल्मीबिच प्रायोजन सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) को उपस्थितिमा नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र केल्मी नेपालका निर्देशक प्रदीप न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

दुई वर्षीय सम्झौता अनुसार केल्मीले आगामी दुई वर्षसम्म नेपालले खेल्ने अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा जाने पुरुष र महिला सिनियरसँगै यू–१९ र यू–१६ टिमलाई जर्सी, ब्याग, ट्रयाकसुट, टोपी तथा जुत्ता उपलब्ध गराउने छ ।

वर्षमा १३ वटा अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि केल्मीले उक्त सामाग्री प्रदान गर्ने सम्झौता पत्रमा उल्लेख गरीएको छ ।

उक्त समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा खेलकुद मन्त्री अथकले नेपाली क्रिकेट क्षेत्रको विकासका लागि केल्मीले महत्वपूर्ण भुमिका निभाउनेमा आफु आशावादी रहेको बताए। यस प्रकारको प्रायोजनले खेलाडीहरुको मनोबल बढ्ने उल्लेख गर्दै मन्त्री अथकले अब खेलाडीहरुले खेलकुद सामाग्रीको अभाव झेल्ुनपर्ने समस्या हट्ने विश्वास ब्यक्त गरे।

कार्यक्रममा बोल्दै केल्मी नेपालका निर्देशक प्रदीप न्यौपानेले नेपाली क्रिकेट क्षेत्रको विकासकालागि आगामी दुई वर्षसम्म केल्मी प्रायोजनको भुमिकामा रहने बताए । उनले यो सम्झौता अवधि आवश्यकताका आधारमा बढाउँदै लैजाने जानकारी दिए।

प्रकाशित मिति : ४ पुस २०७८, आइतबार  ८ : ४५ बजे

तनहुँको आँबुखैरेनीमा ४५ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती

तनहुँ– दसैँको रौनकसँगै तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित आँधीमूल यानचोकका बारी

सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट

धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालका लागि २५ करोड

म्याग्दीको भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई

कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित, महामन्त्रीमा पौडेल र राणा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना

आज नवरात्रको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– नवरात्रको दोस्रो दिन आज दसैँ घर वा पूजा कोठामा