सलारमा प्रभाससँग कटरीना « Khabarhub

सलारमा प्रभाससँग कटरीना


७ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एजेन्सी)– ‘बाहुबली’ फेम अभिनेता प्रभासको नयाँ फिल्म ‘सलार’को हैदाराबादमा सुटिङ सुरू भइसकेको छ ।

केही दिन अघिमात्र फिल्मको सेटमा मुहुर्त पूजा गरिएको थियो । पूजामा ‘केजीएफ २’ स्टार यश पनि उपस्थित थिए । उनीहरुको तस्वीर सामाजिक सन्जालमा भाइरल भएको थियो ।

फिल्ममा अभिनेत्रीका लागि ‘बागी’ स्टारर अभिनेत्री दिशा पटानी फाइनल भइसकेको समाचार केही दिन अघि आएको थियो । तर अहिले भने फिल्ममा दिशाको स्थानमा कटरीना कैफ फाइनल भइसकेको नयाँ खबर आएको छ । फिल्मका निर्माताले दिशालाई भन्दा पनि कटरीनालाई बढी मनपराएका छन् ।

यद्यपि निर्माताले हालसम्म यो विषयमा कुनै घोषणा गरेका छैनन् । तर यो घोषणा भयो भने दक्षिण भारतीय फिल्मका लागि एउटा ठूलो सफलता साबित हुने त्यहाँका फिल्म विश्लेषकहरुको बुझाइ छ ।

यदी कटरीनाले यो फिल्ममा काम गर्न सहमति जनाइन् भने उनका लागि यो निर्णय घर फर्किए सरह हुनेछ । किनकी सन् २००५ मा नन्दमुरी बालकृष्ण स्टारर फिल्म ‘अल्लारी पिद्दुगु’ पछि कटरीना कुनै पनि टलिउड फिल्ममा देखिएकी छैनन् ।

उनले सन् २००४ मा फिल्म ‘मल्लेसवरी’बाट तेलुगु फिल्ममा पाइला चालेकी थिइन् । त्यसपछि उनी बलिउडमा नै व्यस्त भइन् ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ९ : ४५ बजे

पार्टी विरोधी गतिविधिमा लाग्नेलाई कांग्रेसको अनुशासन समितिले कारबाही गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी भएर पनि

यस्तो छ ५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक (पूर्णपाठ)

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

पुस्तौँको अनुभव अब राष्ट्रको सम्पत्ति : ‘ज्येष्ठ नागरिक अनुभव बैंक’ बनाइँदै

काठमाडौँ– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

बझाङमा जिप दुर्घटना: चालकको मृत्यु, दुई घाइते

बझाङ – बझाङमा जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको

संघीय संसद्को चालु अधिवेशन भोलि रातिबाट अन्त्य हुने

काठमाडाैँ – सरकारले संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष