बाबुरामलाई करिश्माको प्रश्न- यही हो राजनीतिक संस्कार ? | Khabarhub Khabarhub

बाबुरामलाई करिश्माको प्रश्न- यही हो राजनीतिक संस्कार ?


७ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली फिल्म क्षेत्रकी सदाबहार सुन्दरी अभिनेत्री करिश्मा मानन्धर कुनै समय पूर्वप्रधानमन्त्री तथा नेता डा. बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्तिमा आबद्ध थिइन् ।

नयाँ शक्तिमा रहँदा उनले पार्टीको हरेक गतिविधिमा सक्रिय सहभागिता जनाइन् । पछिल्ला वर्षमा आफ्नो पढाईलाई निरन्तरता दिएपछि उनले नयाँ शक्तिबाट आफूलाई अलग्याइन् । अहिले डा. भट्टराई पनि नयाँ शक्तिबाट जनता समाजवादी पार्टीका नेता भइसकेका छन् ।

करिश्मा सामाजिक सञ्जालमा सक्रिय सेलिब्रेटीमा पर्छिन् । उनी राजनीतिक, सामाजिकलगायतका विषयबस्तुमा आफ्ना धारणा राख्दै आइरहेकी छन् ।

यिनै करिश्माले डा. भट्टराईलाई राजनीतिक संस्कार सिक्न आग्रह गरेकी छन् । डा. भट्टराईले फेसबुकमा ‘ओली प्रतिगमनविरुद्ध आज (माघ ७ गते) सबै जिल्लाहरुमा हुने जसपाको जनसभामा सहभागी बनौं । म कैलालीको टीकापुरमा हुने जनसभामा सहभागी हुनेछु’ भन्दै स्टाटस पोस्ट गरेपछि करिश्माले त्यो स्टाटसमा आफ्नो आक्रोश पोखेकी छन् ।

करिश्माले बाबुरामको स्टाटसलाई शेयर गर्दै भनेकी छन्, ‘तपाईँ जस्तो पढे लेखेको, राजनीति गर्ने मानिसको उर्जा अर्को पार्टीको विरोधमा मात्रै सीमित भएको देखेर दुःख लाग्छ डा. साब । यही हो नेपालीले पाएको गणतन्त्र ! यही हो राजनीतिक संस्कार ? देश विकास कहिले हुने ?’

करिश्माको पछिल्ला स्टाटस हेर्दा उनमा राजनीतिक वितृष्णा रहेको बुझ्न गाह्रो छैन । बुधबार मात्रै उनले ‘संसद विघटनमा लडाइँ रे । धार त प्रष्ट छ । जनतालाई दुःख दिने ?’ स्टाटस पोस्ट गरेकी छन् ।

नयाँ शक्तिले दशरथ रंगशालामा गरेको कार्यक्रम सञ्चालन गर्दा बोल्न नजानेको भन्दै उनको आलोचना भएको थियो ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  १२ : १५ बजे

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ