संवैधानिक इजलासमा सुनुवाइ जारी, आधा घण्टामा बहस सक्न प्रधानन्यायाधीशको रूलिङ | Khabarhub Khabarhub

संवैधानिक इजलासमा सुनुवाइ जारी, आधा घण्टामा बहस सक्न प्रधानन्यायाधीशको रूलिङ


७ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा संवैधानिक इजलासमा आज पनि सुनुवाइ जारी छ ।

गत आइतबारदेखि जारी सुनुवाईमा रिट निवेदकका तर्फबाट अधिवक्ताहरूले बहस लम्ब्याएपछि आजबाट एक जनालाई आधा घण्टाभित्र बहस सक्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराले रूलिङ गरेका छन् ।

आजको बहसका अधिवक्ता डाक्टर चन्द्रकान्त ज्ञवालीलाई बहसका लागि समय दिँदै प्रधानन्यायाधीश जबराले भने, ‘डाक्टर साबलाई आधा घण्टा, आजदेखि हामीले समय निर्धारण गरेका छौँ।’

बहस सुरु भएको र सकिने समयबारे जानकारी दिन इजलासमा टाइमर नै राखिएको छ।

रिट निवेदकका तर्फबाट ३ सय १० जनाले वकालतनामा हालेपछि प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दा टुंगिन समय लाग्ने देखिएको छ ।

एउटै वकिलले ५ घण्टासम्म बहस गरेपछि इजलासले समयको ख्याल गर्न यसअघि नै रुलिङ्ग गरिसकेको थियो।

पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि त्यसको भोलिपल्ट सर्वोच्च अदालतमा रिट दायर भएको थियो । उक्त मुद्दा प्रधानन्यायाधीश जवराको नेतृत्वमा न्यायाधीशहरू अनिलकुमार सिन्हा, विश्वभर श्रेष्ठ, तेजबहादुर केसी र सपना प्रधान मल्ल रहेको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।

रिट निवेदकहरूले नेपालको संविधानको धारा १३३ को उपधारा २ र ३ बमोजिम उत्प्रेषणका आदेशबाट बदर गरी प्रतिनिधिसभाले गर्नुपर्ने काम सम्पन्न गर्न उपयुक्त आदेश गर्न माग गरेका छन् ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  १२ : २७ बजे

एक सातामा ३३ अंकले बढ्यो नेप्से, कुन दिन कस्तो थियो बजार ? 

काठमाडौं– नेपाल स्टक एक्जेञ्ज (नेप्से) पछिल्लो सातामा ३३।०३ अंकले बढेको

कर्णालीमा डुबेर एक जना बेपत्ता

धनगढी– कर्णाली नदीमा एक जना बेपत्ता भएका छन्। कैलालीको मोहन्याल

संघीय संसद्‍को बजेट अधिवेशन आह्वान

काठमाडौं- सरकारले संसद्को बजेट अधिवेशन आह्वान गरेको छ । मन्त्रिपरिषद्को

राष्ट्रसंघकी सहायक महासचिवद्वारा प्रधानमन्त्रीसँग भेट

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव एवं

देशभर इन्टरनेटमा समस्या, भारतीय कम्पनीले ब्यान्डविथ रोकेको दाबी

काठमाडौं-  नेपालभर इन्टरनेट सेवा प्रभावित भएको छ । बिहीबार अपरान्हदेखि