संवैधानिक इजलासमा सुनुवाइ जारी, आधा घण्टामा बहस सक्न प्रधानन्यायाधीशको रूलिङ « Khabarhub

संवैधानिक इजलासमा सुनुवाइ जारी, आधा घण्टामा बहस सक्न प्रधानन्यायाधीशको रूलिङ


७ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा संवैधानिक इजलासमा आज पनि सुनुवाइ जारी छ ।

गत आइतबारदेखि जारी सुनुवाईमा रिट निवेदकका तर्फबाट अधिवक्ताहरूले बहस लम्ब्याएपछि आजबाट एक जनालाई आधा घण्टाभित्र बहस सक्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराले रूलिङ गरेका छन् ।

आजको बहसका अधिवक्ता डाक्टर चन्द्रकान्त ज्ञवालीलाई बहसका लागि समय दिँदै प्रधानन्यायाधीश जबराले भने, ‘डाक्टर साबलाई आधा घण्टा, आजदेखि हामीले समय निर्धारण गरेका छौँ।’

बहस सुरु भएको र सकिने समयबारे जानकारी दिन इजलासमा टाइमर नै राखिएको छ।

रिट निवेदकका तर्फबाट ३ सय १० जनाले वकालतनामा हालेपछि प्रतिनिधिसभा विघटनविरूद्धको मुद्दा टुंगिन समय लाग्ने देखिएको छ ।

एउटै वकिलले ५ घण्टासम्म बहस गरेपछि इजलासले समयको ख्याल गर्न यसअघि नै रुलिङ्ग गरिसकेको थियो।

पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि त्यसको भोलिपल्ट सर्वोच्च अदालतमा रिट दायर भएको थियो । उक्त मुद्दा प्रधानन्यायाधीश जवराको नेतृत्वमा न्यायाधीशहरू अनिलकुमार सिन्हा, विश्वभर श्रेष्ठ, तेजबहादुर केसी र सपना प्रधान मल्ल रहेको संवैधानिक इजलासमा सुनुवाइ भइरहेको छ ।

रिट निवेदकहरूले नेपालको संविधानको धारा १३३ को उपधारा २ र ३ बमोजिम उत्प्रेषणका आदेशबाट बदर गरी प्रतिनिधिसभाले गर्नुपर्ने काम सम्पन्न गर्न उपयुक्त आदेश गर्न माग गरेका छन् ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  १२ : २७ बजे

सरकारलले दर्जनौँ बस्ती भत्काइसकेपछि सर्वोच्चले भन्यो : सुकुम्वासीलाई तत्काल नहटाउनू

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले काठमाडौं उपत्यका र बाहिरका दर्जनौँ

दोलखाका ४ गाउँपालिका पूर्णखोप सुनिश्चितता घोषणा

दोलखा- दोलखा जिल्लाका चारवटा गाउँपालिका पुर्णखोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको

नेपाल ‘ए’ द्वारा अमेरिका पराजित

काठमाडौं- एक दिवसीय खेलमा नेपाल ‘ए’ ले संयुक्त राज्य अमेरिकालाई

धनुषामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु

धनुषा- ढल्केबर-जनकपुर सडकअन्तर्गत धनुषाको लक्ष्मिनिया गाउँपालिका-४ सपहीचोकमा स्कारपियो गाडीको ठक्करबाट

शिक्षामन्त्रीसँग अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेटवार्ता

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि अष्ट्रेलियाका