महिला लिग फुटबल : पहिलो खेलमा आर्मी र पुलिस गोलरहित बराबरी « Khabarhub

महिला लिग फुटबल : पहिलो खेलमा आर्मी र पुलिस गोलरहित बराबरी


७ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– १० महिनापछि नेपली फुटबल राष्ट्रिय महिला लिगमार्फत लयमा फर्किएको छ। दशरथ रंगशालामा विभागीय टोलीद्वय आर्मी र पुलिस क्लबबीचको खेलसँगै लिग सुरु भएको हो।

बुधबार भएको उद्घाटन खेलमा आर्मी र पुलिस क्लबले गोलरहित बराबरी खेलेका हुन्। आर्मी सुरुवातबाटै आक्रामक देखिए पनि अग्रपंक्तिले गोल गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरी भएको थियो।

खेलको ८६ औँ मिनेटमा पुलिसकी रेखा पौडेलले वान वान गर्दै लिएको बल पोष्ट नजिक पुर्याएर पनि गोलमा परिणत गर्न सकिनन् ।

दशरथ रंगशालामा भने फुटबल ११ महिनापछि भएको छ। अन्तिम पटक रंगशालामा सहिद स्मारक ए डिभिजन लिगको अन्तिम खेल भएको थियो। जसमा लिग उपाधिका लागि भएको अन्तिम खेलमा आर्मी मछिन्द्र क्लबसँग १-० गोलले पराजित भएको थियो।

आर्मीविरुद्व लय समात्ने प्रयास गरेको पुलिस क्लबले खेलको २७ अौं मिनेटमा पहिलो खेलाडी परिवर्तन गरेको थियो। जसमा सुनकला राईको स्थानमा रेखा पौडेल मैदान प्रवेश गरिन।

यस्तै दोस्रो खेलाडी खेलको ५५ औँ मिनेटमा परिवर्तन गरेको पुलिसका लागि शृजना खड्काको स्थानमा पुञ्जलि कुस्वा मैदान प्रवेश गरेकि थिइन् भने तेस्रो खेलाडीका रुपमा ७७ औँ मिनेटमा मोनिका पुलामि मगरको स्थानमा मनि गुरुङ मैदान प्रवेश गरिन्।

यता आर्मीले दुई खेलाडी परिवर्तन गरेको थियो । पहिलो परिवर्तनमा सपना लामाको स्थानमा मोनिका कुवर मैदान प्रवेश गरिन् भने दोस्रो परिवर्तनका रुपमा दिपा राईको स्थानमा भुजंगा राईको मैदान प्रवेश गरेकी थिइन ।

गोलरहित बराबरी खेलेका आर्मी र पुलिसले १/१ अंक बाडेका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले दर्शकसहित लिग सुरु गरेको हो। नोबेल कोरोना भाइरस (कोभिड१९) को जोखिम कायम रहे पनि एन्फाले लिग सुचारु गरेको छ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ५ : ०० बजे

स्याङ्जाको तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता

वालिङ– स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता

किराती–साम्पाङ भेटवार्ता सकारात्मक, दुवै सुनसरी–१ बाट उठ्ने तयारीमा

धरान– पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टी अध्यक्ष परिषद्का सदस्य सुदन

पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी

चौतारा– यहाँको भोटेकोसी गाउँपालिकाको लिस्तिकोटस्थित यार्मासिङ गाउँमा रहेको ऐतिहासिक युद्धकिल्ला

इरानमा सरकार विरोधी आन्दोलन तीव्र

दुबई– इरानको इस्लामिक गणतन्त्रलाई प्रत्यक्ष चुनौती दिने राष्ट्रव्यापी विरोध प्रदर्शन

पृथ्वीनारायण शाहको राष्ट्रप्रेम र एकताको भावना हाम्रा लागि प्रेरणाको स्रोत : सभामुख घिमिरे

काठमाडौं– विघटित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राष्ट्रिय एकता, आपसी सद्भाव