महिला लिग फुटबल : पहिलो खेलमा आर्मी र पुलिस गोलरहित बराबरी « Khabarhub

महिला लिग फुटबल : पहिलो खेलमा आर्मी र पुलिस गोलरहित बराबरी


७ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– १० महिनापछि नेपली फुटबल राष्ट्रिय महिला लिगमार्फत लयमा फर्किएको छ। दशरथ रंगशालामा विभागीय टोलीद्वय आर्मी र पुलिस क्लबबीचको खेलसँगै लिग सुरु भएको हो।

बुधबार भएको उद्घाटन खेलमा आर्मी र पुलिस क्लबले गोलरहित बराबरी खेलेका हुन्। आर्मी सुरुवातबाटै आक्रामक देखिए पनि अग्रपंक्तिले गोल गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरी भएको थियो।

खेलको ८६ औँ मिनेटमा पुलिसकी रेखा पौडेलले वान वान गर्दै लिएको बल पोष्ट नजिक पुर्याएर पनि गोलमा परिणत गर्न सकिनन् ।

दशरथ रंगशालामा भने फुटबल ११ महिनापछि भएको छ। अन्तिम पटक रंगशालामा सहिद स्मारक ए डिभिजन लिगको अन्तिम खेल भएको थियो। जसमा लिग उपाधिका लागि भएको अन्तिम खेलमा आर्मी मछिन्द्र क्लबसँग १-० गोलले पराजित भएको थियो।

आर्मीविरुद्व लय समात्ने प्रयास गरेको पुलिस क्लबले खेलको २७ अौं मिनेटमा पहिलो खेलाडी परिवर्तन गरेको थियो। जसमा सुनकला राईको स्थानमा रेखा पौडेल मैदान प्रवेश गरिन।

यस्तै दोस्रो खेलाडी खेलको ५५ औँ मिनेटमा परिवर्तन गरेको पुलिसका लागि शृजना खड्काको स्थानमा पुञ्जलि कुस्वा मैदान प्रवेश गरेकि थिइन् भने तेस्रो खेलाडीका रुपमा ७७ औँ मिनेटमा मोनिका पुलामि मगरको स्थानमा मनि गुरुङ मैदान प्रवेश गरिन्।

यता आर्मीले दुई खेलाडी परिवर्तन गरेको थियो । पहिलो परिवर्तनमा सपना लामाको स्थानमा मोनिका कुवर मैदान प्रवेश गरिन् भने दोस्रो परिवर्तनका रुपमा दिपा राईको स्थानमा भुजंगा राईको मैदान प्रवेश गरेकी थिइन ।

गोलरहित बराबरी खेलेका आर्मी र पुलिसले १/१ अंक बाडेका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले दर्शकसहित लिग सुरु गरेको हो। नोबेल कोरोना भाइरस (कोभिड१९) को जोखिम कायम रहे पनि एन्फाले लिग सुचारु गरेको छ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ५ : ०० बजे

२९ देशहरूद्वारा विश्व एआई सहयोग सङ्गठनको स्थापना सम्झौतामा हस्ताक्षर

साङ्घाई– विश्वका २९ वटा देशहरूले साङ्घाईमा विश्व कृत्रिम बुद्धिमत्ता (एआई)

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु– जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले अब

ओलीको गुनासो : एमालेलाई अझै एक्ल्याउन खोजिँदैछ, सरकार गोयबल्स शैलीमा अघि बढ्यो

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वालेन्द्र

कोशी नदी जलप्रवाह बढेपछि प्रशासन सतर्क, ब्यारेजको अनुगमन

धरान– सप्तकोशी नदीमा जलप्रवाह बढ्दै गएपछि सुनसरी प्रशासनले विपद् प्रतिकार्य तयारीलाई

ओलीको टिप्पणी : सरकार फासीवादको बाटोमा जाँदैछ, देश निसास्सिएर ऐठनको अवस्थामा छ

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार