अमेरिका पठाउने भन्दै १५ लाख ठगी गरेको आरोपमा पक्राउ | Khabarhub Khabarhub

अमेरिका पठाउने भन्दै १५ लाख ठगी गरेको आरोपमा पक्राउ


७ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय मानवअिधकार आयोगको अध्यक्ष हुँ भन्दै भन्दै अमेरिका पठाइदिने प्रलोभन देखाएर १५ लाख ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

संखुवासभाको पाँचखपन गाउँपालिका–५ खमारे स्थाई घर भई हाल मित्रपार्क, चावहिल बस्ने ६० वर्षीय तुलसी थापालाई महानगरीय अपराध महाशाखाको टोलीले दरबारमार्गबाट पक्राउ गरेको हो ।

थापाले आफू राष्ट्रिय मानवअिधकार आयोगको अध्यक्ष भएको र अमेरिका पठाईदिन्छु भन्दै रकम ठगी गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

उनलाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।

थापाले आफू अमेरिकामा हुने कार्यक्रममा जाँदा ५ वर्षको मल्टिपल भिसा लगाई अमेरिका लैजान्छु भनी विश्वास दिलाई एकजनासँग १५ लाख रकम ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ६ : ३० बजे

दर्शक हँसाउन क्यान्डा उडे भरतमणि, सुमन र कैलाश

काठमाडौं- तीन युवा कमेडियन भरतमणि पौडेल, सुमन कार्की र कैलाश

आजपाको जिकिर : भ्रष्टाचार र ठगी गर्दै हिँडेपछि निकालिएकाहरूलाई ओलीले टीको लगाएर एमालेमा भित्र्याए

काठमाडौँ- प्रभु साह नेतृत्वको आम जनता पार्टीले विगतमा कारवाही गरी

नक्कली डाक्टरको आशंकामा डेण्टल केयर बन्द

चितवन- यहाँस्थित भरतपुरको हाकिमचोकमा ‘नक्कली डाक्टर’ बनेर उपचार गरेको आशंकामा

युके पठाउने भन्दै ४३ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारीका लागि बेलायत (युके) पठाउने भन्दै आठ