प्रधानमन्त्री कप क्रिकेट : आजको खेलमा आर्मी र पुलिस विजयी « Khabarhub

प्रधानमन्त्री कप क्रिकेट : आजको खेलमा आर्मी र पुलिस विजयी


७ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले राजधानीमा जारी प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगितामा बुधबार जित निकालेका छन् ।

मूलपानी क्रिकेट मैदानमा आर्मीले प्रदेश–१ लाई ४ विकेटले पराजित गर्दा अर्को खेलमा पुलिसले सुदूरपश्चिम प्रदेशमाथि ९ विकेटको जित निकालेको हो ।

आर्मीले जारी प्रतियोगितामा लगातार तेस्रो जित निकालेको हो । पुलिसले जारी प्रतियोगितामा पहिलो जित निकाल्दा सुदूरपश्चिम प्रदेशले लगातार दुई खेलमा नै पराजय भोगेको छ ।

टस जितेर पहिले ब्याटिङ गर्दै प्रदेश–१ ले दिएको १ सय ३२ रनको लक्ष्य आर्मीले २९ ओभर ५ बलमा ६ विकेट गुमाएर पुरा गर्दा आर्मीको जारी प्रतियोगितामा लगातार तेस्रो जित निक्लिएको हो ।

आर्मीको जितमा रोहित पौडेलले सर्वाधिक ३६ रन बनाउँदा भिम सार्कीले २९, राजेश पुलामी २४ रनमा नट आउट रहे । लोकेश बमले १३ रन बनाए ।

प्रदेश–१ का फिर्दोस अन्सारी, ज्ञानेन्द्र श्रेष्ठ, दिपेश कँडेल र शुभंकर उराले १-१ विकेट लिए । यसअघि पहिलो ब्याटिङ गरेको प्रदेश–१ ले ४०.१ ओरभमा सबै विकेट गुमाएर मात्र १ सय ३१ रन जोड्न सक्यो ।

प्रदेश–१ का विवेक मेहेताले ५० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै फिर्दोस अन्सारीले ३२ रन जोड्दा दिपक पासवानले १९, दिपेश कँडेलले ११ रनको योगदान गरे ।

बलिङमा आर्मीका शाहब आलमले ४ विकेट हात पार्दा आकाश चन्दको नाममा ३ विकेट रह्यो । जितसँगै आर्मी सेमिफाइनल नजिक पुगेको छ ।

समूह ‘ए’ को आर्मीले ३ खेलमा ६ अंक जोडेको छ । शीर्ष स्थानमा रहेको आर्मीले अब एक खेल खेल्न बाँकी रहेको छ । यसअघि आर्मीले गण्डकी प्रदेश र कर्णाली प्रदेशलाई हराएको थियो ।

समूह ‘ए’ मा रहेको प्रदेश–१ यस अघि एपिएफ र गण्डकी प्रदेशसँग पराजित भएको थियो । यो सँगै प्रदेश–१ को नकआउट चरण यात्रा समाप्त भएको छ ।

अर्को खेलमा पुलिसलाई पहिलो जिताउनका लागि सुनिल धमला र कुशल भुर्तेलले अर्धसतकीय इनिङ्स खेले । धमलाले ५३ रन जोड्दा कुशल भुर्तेल ५१ रन नटआउट रहे ।

सुदूरपश्चिमले दिएको १ सय ११ रनको समान्य लक्ष्य पुलिसले १७ ओभरमा मात्र १ विकेट गुमाएर पुरा गरेको हो । पहिलो विकेटका लागि सुनिल र कुशलले ९७ रनको साझेदारी गरेका थिए । अमित श्रेष्ठ १ रनमा अविजित रहे । सुदूरपश्चिमका हेमन्त धामीले १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम ३३.१ ओभरमा सबै बिकेट गुमाएर १ सय १० रन जोडेको थियो । सुदूरपश्चिमका लागि खडक बोहोराले सर्वाधिक ४० रन बनाए । यस्तै सन्जु धामीले ३५ रन जोडे । अरुण ऐरी १३ रनमा आउट हुँदा अर्जुन साउदले १० रनको व्यक्तिगत स्कोर बनाए ।

सुदूरपश्चिमको इनिङ्सलाई न्युन स्केरमा रोक्न पुलिसका दिपेन्द्र सिंह ऐरी र सागर ढकालले ४÷४ विकेट लिए । दुई खेलबाट पहिलो जित निकालेको पुलिसको २ खेलमा तालिकामा २ अंक भएको छ । समूह ‘बी’ मा रहेको पुलिस पहिलो खेलमा बाग्मती प्रदेशसँग पराजित भएको थियो ।

सुदूरपश्चिमको यो लगातार दोस्रो हार हो । सुदूरपश्चिम पनि पहिलो खेलमा बाग्मतीसँग नै पराजित भएको थियो । लगातार पराजय भोगको सुदूरपश्चिमको अघिल्लो चरणको यात्रा कठिन भएको छ । आगमी खेलमा अघिल्लो चरण प्रवेशका लागि जित्ने पर्ने दबाब भएको छ ।

प्रतियोगितामा बिहीबार पनि दुई खेल हुनेछन् । त्रिवि मैदानमा विभागीय टोली नेपाल पुलिस क्लबले लम्बिनी प्रदेशसँग प्रतिस्पर्धा गर्दा मूलपानी मैदानमा एपिएफ क्लबले गण्डकी प्रदेशसँग खेल्ने छ ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ७ : २८ बजे

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

काठमाडौं– वर्षासँगै आएको बाढी, पहिरो, सडकमा लेदो तथा नदी कटानका

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटेरै ध्यानाकर्षण गराउने मेयर्स फोरमको निर्णय

काठमाडौं– काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा

प्रधानमन्त्री बालेन कालो चस्मामै संसद्‌मा उपस्थित हुने

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले कालो चस्मा लगाउनैपर्ने स्वास्थ्य

राष्ट्रियसभा : बालिकामाथि हुने बलत्कारका घटना कम गर्न विद्यालय तहमा यौन शिक्षा दिन माग

काठमाडौं– राष्ट्रियसभाको आजको शून्य समयको बैठकमा सभाका सदस्यहरूले मुलुकको समसामयिक

भक्तपुरमा ‘ताहासा’ बनाउन बाँसको व्यापार सुरु

भक्तपुर– भक्तपुरमा ताहासा निर्माण गर्न बाँसको व्यापार सुरु भएको छ