आईपीएलको दिल्ली क्यापिटल टिमबाट फुकुवा भए सन्दीप  « Khabarhub

आईपीएलको दिल्ली क्यापिटल टिमबाट फुकुवा भए सन्दीप 


७ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई इन्डियन प्रिमियर लिग (आईपीएल) टोली दिल्ली क्यापिटलले फुकुवा गरेको छ।

बुधबार दिल्लीले सन्दीपसहित आधा दर्जन खेलाडीलाई रिलिज गरेको  हो ।

सन् २०१७ मा दिल्लीले सन्दीपलाई आफ्नो टोलीमा आवद्व गरेको थियो। उनी आईपीएल खेल्ने पहिलो नेपमली खेलाडी हुन्। त्यतिमात्र होइन आईपीएलले उनको करियरको ग्राफलाई उचो पारेको थियो।

केही महिना अगाडि दुबईमा सम्पन्न आईपीएलमा सन्दीप टोलीमा रहेर पनि खेल्ने मौका पाएका थिएनन् ।

यद्यपि उनको टोली आईपीएलको फाइनल पुगेको थियो। दिल्लीले सन्दीपलाई २० लाख भारतिय रुपैयाँमा पहिलो पटक टिममा आवद्व गरेको थियो।

त्यसपछिका दुई संस्करणमा दिल्लीले सन्दीपलाई कतिमा आवद्व गर्यो खुलाएको थिएन। यो सँगै अब सन्दीपलाई आईपीएलका कुनै पनि टोलीले अनुबन्ध गर्न सक्नेछन्।

सन्दीप अहिले अस्ट्रेलियाको बिग बास लिग (बीबीएल) खेलिरहेका छन्। उनी यो संस्करण होबर्ट हुरिक्यान्सबाट खेलिरहेका छन्।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ८ : २४ बजे

देशभर विभिन्न सात सडकखण्ड अवरुद्ध

काठमाडौं– वर्षासँगै आएको बाढी, पहिरो, सडकमा लेदो तथा नदी कटानका

फोहोर व्यवस्थापनबारे प्रधानमन्त्रीलाई भेटेरै ध्यानाकर्षण गराउने मेयर्स फोरमको निर्णय

काठमाडौं– काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा

प्रधानमन्त्री बालेन कालो चस्मामै संसद्‌मा उपस्थित हुने

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले कालो चस्मा लगाउनैपर्ने स्वास्थ्य

राष्ट्रियसभा : बालिकामाथि हुने बलत्कारका घटना कम गर्न विद्यालय तहमा यौन शिक्षा दिन माग

काठमाडौं– राष्ट्रियसभाको आजको शून्य समयको बैठकमा सभाका सदस्यहरूले मुलुकको समसामयिक

भक्तपुरमा ‘ताहासा’ बनाउन बाँसको व्यापार सुरु

भक्तपुर– भक्तपुरमा ताहासा निर्माण गर्न बाँसको व्यापार सुरु भएको छ