सेलिब्रेटीलाई ‘सेलेब्स ग्रिट्स’ « Khabarhub

सेलिब्रेटीलाई ‘सेलेब्स ग्रिट्स’


७ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सेलिब्रेटीहरुलाई फ्यान र शुभचिन्तकसँग नजिकबाट साक्षात्कार गराउने लक्ष्यसहित नेपालमा पहिलो पटक ‘सेलेब्स ग्रिट्स’ नामक वेभसाइट र एप्लिकेशन लञ्च भएको छ ।

राजधानीमा आयोजित एक कार्यक्रमकाबीच उक्त वेभसाइटको सुरुवात भएको हो । कार्यक्रममा ‘सेलेब्स ग्रिट्स’को ब्राण्ड एम्बेस्डरमा अभिनेता अनुपविक्रम शाही अनुबन्ध भएको घोषणा गरियो ।

एप्लिकेसनका सीइओ इन्जिनियर समुल खड्काले हाल यो एप्लिकेशनमा ३० बढी सेलिब्रेटीहरु जोडिएको र आगामी दिनमा अन्य सेलिब्रेटीहरुलाई पनि आबद्ध गराउने बताए ।

‘सेलेब्स ग्रिट्स’को टिममा खड्कासँगै इन्जिनियर प्रशान्त खड्का सह–निर्माता समेत छन् भने बोर्ड अफ डारेक्टरमा इन्जिनियर तपेन्द्रबहादुर खड्का छन् ।

यो एप्लिकेशनसँग आवद्ध सेलिब्रेटीबाट न्यूनतम शुल्कमा फ्यान तथा शुभचिन्तकहरुले आफूले चाहेको सन्देश प्राप्तिको लागि अनुरोध गर्न सक्नेछन् । त्यहाँ जम्मा हुने शुल्क सेलिब्रेटीहरुले सामाजिक कार्यको लागि खर्चिनेछन् ।

एप्लिकेशन तथा वेभसाइटबाट रोजेको सेलिब्रेटीलाई अनुरोध गरेपछि सम्वन्धित टिमले सेलिब्रेटीलाई सूचना पठाउनेछ, त्यसपछि शुभचिन्तकले आवश्यक सन्देश आफ्नै नाममा प्राप्त गर्ने सेलेब्सग्रिट्सडटकमले जनाएको छ ।

हालसम्म यो फिचर्डमा नेपाली फिल्मका अभिनेता, अभिनेत्री, गायक, संगीतकार, निर्देशक, खेलाडी कमेडियन, मोडल जोडिएका छन् ।

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  ९ : १४ बजे

परराष्ट्रमन्त्री खनालसँग साउदी राजदूत मोनैखिरको भेट

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि साउदी अरबका राजदूत फहद मोहम्मद

पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान

काठमाडौं– नेपाल पर्वतारोहण सङ्घलाई ‘राजदूत सम्मान’ प्रदान गरिएको छ ।

विकल्पविहीन भएपछि सरकारले उठिबास लगाएका सुकुम्वासी रोज्दैछन् मृत्यु

काठमाडौं- सुकुम्वासीसँग प्रधानमन्त्री वालेन्द्र शाहको इगो नयाँ होइन । उनी

किएभमा रूसी हमलामा १२ जनाको मृत्यु

एजेन्सी- युक्रेनको राजधानी किएभ र आसपासका क्षेत्रमा रूसले गरेको लामो

‘’नीतिगत निर्णय’ को कानुनी जटिलता नफुकाए मन्त्रिपरिषदका निर्णयमाथि अनुसन्धान गर्न सकिँदैन’

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले ’नीतिगत