ब्राजिलको यो भवन विश्वभर चर्चित | Khabarhub Khabarhub

ब्राजिलको यो भवन विश्वभर चर्चित


८ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्वमा कैयौं प्रकारका आश्चर्य छन् । जसलाई हेर्दा समेत पत्याउन ग्राहो हुन्छ । ब्राजिलको सैन्टोस शहरमा यस्तै एक आश्चर्यको चीज त्यस शहरको आकर्षण बनेको छ । त्यस शहरमा बनेको एउटा भवन कैयौं मानिसको आर्कषणको केन्द्र छ ।

सैन्टोस शहरको यो भवन बनावटका कारण विश्वभर चर्चामा पुगेको छ । खासमा यो भवन पीसाको झुकेको भवन झै ढल्किएको छ । यो भवन लामो समयदेखि यस्तै अवस्थामा छ । यतिमात्र होइन, यो भवन क्रमश बढ्दै समेत गएको छ । जसका कारण यो भवन झन् झन् झुक्दै गएको छ ।

सैन्टोस स्काइलाइनमा करिब ६ सय ५१ भवन छन् । यसमध्ये केही भवन ५ इञ्चसम्म झुकेका छन् । जो खासै थाहा पाउन सकिदैन । तर केही भवन भने २ मीटरसम्म झुकेका कारण परैबाट भवन टेढो देखिन्छ ।

सैन्टोस शहरका अपार्टमेन्ट सन् १९५० र १९६० दशकका बनाइएको थियो । त्यस समय भवन बनाउँदा आर्किटेक्ट्सले सस्तो तरिका अपनाउदै खर्च बचाउन अण्डरग्राउण्ड गहिरो बनाएनन् । साथै यसमा कंक्रिट पैडिंगको प्रयोग गरिएको थियो । जानकारी रहोस् कंक्रीटको पैडिंग धेरै गहिरो हुदैन । साथै यो भवन बालुवाको ७ मीटर मोटो तहमा बनेको छ जो लिस्याइलो माटोमा हुन्छ । जसका कारण यो भवन हरेक पटक ढल्किदै जान्छ ।

यसरी झुकिरहेको भवनका कारण त्यस क्षेत्रका स्थानीय समस्यामा परेका छन् । तर कारण झुकेको भवन भने होइन । खासमा भवन झुकेका कारणले ती अपार्टमेन्टमा बनेका ढोका र झ्याल ठीक तवरले बन्द हुदैनन् । साथै भुई पनि समतल हुदैन ।

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ५ : ४५ बजे

धवलागिरि आरोहणको ६५ वर्ष पूरा, दिवस मनाइयो

गण्डकी – संसारका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये सातौँ

बेलायतमा तलब वृद्धि खुम्चियो, बेरोजगारीदर बढ्यो

एजेन्सी – बेलायतको श्रम बजारले सन् २०२५ को प्रारम्भिक चरणमा

गृहमन्त्रीको दाबी – काङ्ग्रेस जिम्मेवारीका साथ देशका समस्या समाधानमा क्रियाशील

मोरङ – नेपाली काङ्ग्रेसका नेता एवम्‌ गृहमन्त्री रमेश लेखकले आफ्नो

डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर

काठमाडौं – उच्च अदालत पाटनले डिजिटल मिडियाको अनुगमन र कारबाही

लोमान्थाङ घोषणापत्र जारी गर्दै सकियो अन्तर्राष्ट्रिय मिडिया सम्मेलन

पोखरा – ‘लोकतन्त्र, प्रेस स्वतन्त्रता र जलवायु संकट’बारे मन्थन गरी