काँक्रा बेचेर मनग्य आम्दानी लिँदै हुप्सेकोटका किसान « Khabarhub

काँक्रा बेचेर मनग्य आम्दानी लिँदै हुप्सेकोटका किसान


१४ मंसिर २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

मध्यविन्दु– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिका–१ जुकेपानीका किसान काँक्रा टिप्न र बिक्री गर्न व्यस्त छन् । 

स्थानीय रवीन्द्र रजालीले विगत २६ वर्षदेखि व्यावसायिक रूपमा काँक्राखेती गर्दै आएका छन् । दुई बिघामा खेती गरेका उनले लागत खर्च कटाएर वार्षिक २० लाख रुपैयाँसम्म आम्दानी हुने गरेको बताए । उनले भने, ‘एक बाली धान लगाएर काँक्रा लगाउने गरेकामा अहिले तीन बालीसम्म काँक्रामात्रै लगाउने गरेका छौँ ।’

तरकारी सुपरजोन कार्यक्रमका संयोजक तथा किसान थमन रजालीका अनुसार हुप्सेकोट गाउँपालिकामा करिब तीन हजार किसान काँक्राखेतीमा संलग्न छन् । रजालीले भने, ‘हामीले १४ वर्षदेखि काँक्राखेती गरिरहेका छौँ । यस वर्ष ८० टनभन्दा बढी बिक्री गर्ने लक्ष्य छ ।’

कार्यक्रमका संयोजक रजालीका अनुसार कृषि पकेट क्षेत्रका रूपमा परिचित हुप्सेकोट गाउँपालिकाको वडा नं १ मा अधिकांश किसानले काँक्रा फलाउने गरेका छन् । उनीहरूको व्यावसायिकता साँच्चिकै लोभलाग्दो छ । वर्षमा तीन बाली काँक्राखेती गर्ने उनीहरूलाई आर्थिक अभाव विरलै हुन्छ । 

धान बालीमात्र लगाउँदै आएकी दिलमाया परियारले काँक्राबाट मनग्ये आम्दानी गर्न सकिने थाहा पाएपछि छ वर्षदेखि व्यावसायिक रूपमा काँक्राखेती लगाउँदै आएकी छन् । ‘दुई कट्ठामा लगाएको काँक्राबाट खर्च कटाएर वर्षमा दुई लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ’, परियारले भनिन् ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका अनुसार हुप्सेकोट गाउँपालिकाको वडा नं १, २, ३ र ४ मा तीन सय ५० हेक्टर क्षेत्रफलमा भक्तपुरे लोकलसहित अन्य काँक्राको व्यावसायिक खेती हुने गरेको छ ।

भदौको अन्तिमदेखि फागुनसम्म निरन्तर उत्पादन हुने काँक्रा काठमाडौँ, बुटवल, नारायणगढलगायतका ठूला बजारमा बिक्रीका लागि लगिने गरिएको छ ।

समूहसँगै व्यवसाय दर्ता गरी काँक्राखेतीमा रमाएका किसानलाई ५० प्रतिशत अनुदानमा बीउ, प्लास्टिक मल्चिङ्क, प्याकेजिङ प्लास्टिक, तराजु, डोरीलगायत सामग्री गाउँपालिकाले सहयोग गर्दै आएको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताइन् । गाउँपालिका क्षेत्रबाट उत्पादन हुने सागसब्जी बजार पुर्‍याउन पनि पालिकाले सहयोग गर्दै आएको छ । रासस
 

प्रकाशित मिति : १४ मंसिर २०८२, आइतबार  ११ : २५ बजे

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

धनगढी– कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका भूभागलाई

जाजरकोट पहिरो : मृत्यु हुनेको संख्या दुई पुग्यो, दुई जना अझै बेपत्ता

जाजरकोट – अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिकाका विभिन्न स्थानमा

प्रस्तावित शिक्षा ऐनका लागि विराटनगरबाट ‘शिक्षा संवाद’, सातै प्रदेशमा सञ्चालन गरिने

काठमाडौँ – प्रस्तावित नयाँ शिक्षा ऐन निर्माणअघि शिक्षा क्षेत्रका सरोकारवालासँग

‘सरकारमा पुग्दा कम्युनिस्टको शक्ति क्षयीकरण भयो’: एमाले महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका कम्युनिस्ट विद्रोह

ओलीलाई रावलको प्रश्न- नेतृत्वबारे बहस गर्नेलाई ‘अराजक’ देख्नु कुन सिद्धान्त हो ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व