जाडोमा घाम ताप्दै बदाम खानुका फाइदा के के छन् ? « Khabarhub

जाडोमा घाम ताप्दै बदाम खानुका फाइदा के के छन् ?


८ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाडो मौसममा खाइने फल हो, बदाम । जाडोमा घाममा बसेर सुन्तलासंग बदाम खानुको मज्जा छुट्टै हुन्छ । यसमा पर्याप्त मात्रामा पौष्टिक तत्व पाइन्छ । यसले शरीरमा विभिन्न लाभहरु पुर्याउँछ । के के हुन् ती लाभ :

१. तौल नियन्त्रण
बदाम खाँदा पेट छिटो डुम्म हुने भएकोले अन्य क्यालोरियुक्त चिल्लो खानेकुरा खाने इच्छा हुँदैन । जसले थोरै खाने इच्छा हुन्छ र मानिसको तौल घट्ने सम्भावना हुन्छ ।

२. क्यान्सर
बदाममा ‘फाईटोस्टेरोल’ नाम तत्व पाइन्छ । फाइटोस्टेरोलले शरीरमा आधारभूत रुपमा ट्युमरलाई नियन्त्रण गर्छ । जसबाट क्यान्सर हुनबाट जोगाउँछ ।

३. कोलेस्टोरल
बदाममा असंतृप्त फ्याटी एसिड प्रचुर मात्रामा पाइन्छ । जसले बदामको सेवनले शरीरमा सन्तुलित कोलेस्ट्रोल स्तर कम गर्दछ र विभिन्न प्रकारका रोग हुनबाट बचाउँछ ।

४. मधुमेह
बदाममा म्याग्नेसियमसमेत पाइन्छ । यसले शरीरमा उचित मात्रामा ब्लड सुगर तह कायम राख्न लाभकारी मानिन्छ । जसका कारण मधुमेह हुनबाट जोगाउँछ ।

५. स्ट्रोक
बदाममा विभिन्न प्रकारका ‘एन्टि अक्सिडियन्ट’ तत्व र खनिज तत्व पाइन्छ । जसका कारणले मुटुमा हुने हर्ट स्ट्रोक वा मुटुसम्बन्धी जुनसुकै रोगबाट जोगाउँन मद्दत गर्दछ ।

६. डिप्रेसन
बदाममा पाइने ‘ट्राईपटोफन’ नामक तत्वले डिप्रेसनबिरुद्ध लड्न मद्दत गर्दछ । यसको सेवनले स्ट्रेस र तनाबबाट मुक्ती हुने भएकाले दैनिक एक मुठी बदाम खानु राम्रो मानिन्छ ।

७. शिशुलाई लाभ
बदाममा हुने फोलिक एसिडले शिशुलाई मष्तिक, स्पाईन र स्पाईनल कर्डमा जन्मिदै देखिने समस्या हुनबाट बचाउँछ । तसर्थ, गर्भाधारणको सुरुवातबाटै आमाले बदाम खानु पर्दछ ।

८. छालामा चमक
बदाममा पाइने ‘मोनोस्याचुरेटेड फ्याट्स’ र ‘रिर्जभेट्रोल’ तत्वले छाला चम्किलो बनाउँछ । यसमा पाइने पोषणयुक्त फाईबरले छालामा हुने अत्यधिक तेललाई फ्लस गरी छालालाई नरम र चम्किलो बनाउँछ । साथै छालालाई चाउरी पर्नबाट जोगाउछ ।

९. कपाल
बदाममा कपाललाई सुन्दर बनाउने पोषणयुक्त तत्व हुन्छ । यसमा पाइने तत्व ‘लार्जिनाईन’ले कपाल बृद्धि गर्न सहयोग गर्छ । लार्जिनाईनले कपाल झर्नबाट जोगाउँछ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ११ : ५० बजे

नेपालले सन्तुलित कूटनीति अपनाउनुपर्छ : मुख्यमन्त्री पाण्डे

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्व राजनीतिमा देखिएको विद्यमान

रास्वपाकी सांसदको अनौठो चिन्ता : राम्री भएकैले मेरो धेरै आलोचना गरियो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सृष्टि भट्टराईले पूर्वगृहमन्त्री सुधन गुरुङसँग

१५ देखि २२ गतेसम्म हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप आयोजना हुने

काठमाडौं– काठमाडौंमा आगामी जेठ १५ देखि २२ गतेसम्म हिमालयन लिटरेचर

जातीय उत्पीडनविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं– जात व्यवस्थाले निम्त्याएको तहगत उत्पीडन, शृंखलाबद्ध हत्या र ऐतिहासिक

सामुदायिक विद्यालय जोगाउन स्थानीयले गरे ४ रोपनी जग्गा दान 

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका वडा नम्बर-३ को कालिढुङ्गा माध्यमिक विद्यालयलाई