विराटनगरमा प्रधानमन्त्रीविरुद्ध लाग्यो नारा « Khabarhub

विराटनगरमा प्रधानमन्त्रीविरुद्ध लाग्यो नारा


८ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इटहरी– प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध विराटनगरमा जुलुस निकालिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षले आज विराटनगरमा गर्न लागेको बृहत जनप्रदर्शनका क्रममा प्रचण्ड–माधव पक्षका कार्यकर्ताले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका हुन् ।

ओली पक्षको जनसभामा सहभागी हुन निस्किएको हजारौँ सहभागी जुलुसमा जिन्दावादको नारा लागेको छ भने प्रचण्ड–माधव पक्षले मुर्दावादको नारा लगाएका छन् ।

प्रचण्ड–माधव पक्षका कार्यकर्तालाई सुरक्षाकर्मीले अवरोध गरेको छ । ओली पक्षले चुनावी प्रचारप्रसार गर्ने तथा सरकारको कदमको पक्षमा जनमत देखाउन विराटनगरमा शक्ति प्रदर्शन गर्न लागेको जनाएको छ ।

विराट नर्सिङ होमका पूर्वतर्फको मैदानमा ओली पक्षले आयोजना गरेको सभामा दुई लाख जनता उतार्ने बताइएको छ ।

(प्रचण्ड–माधव) समूहका विधार्थी तथा कार्यकर्ताले कालो झण्डा देखाका छ्न ।

विद्यार्थी र कार्यकर्ताहरुले विराटनगर विमानस्थलबाट कार्यक्रमस्थल जाने क्रममा एयरपोर्ट मोडमा प्रधानमन्त्रीलाई कालो झण्डा देखाएका हुन् ।

कालो झण्डा देखाएपछि युवा तथा विद्यार्थीलाई प्रहरीले धरपकड तथा दमन गरेको भन्दै नाराबाजी गरेका छन ।

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  १२ : ५७ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु