विराटनगरमा प्रधानमन्त्रीविरुद्ध लाग्यो नारा « Khabarhub

विराटनगरमा प्रधानमन्त्रीविरुद्ध लाग्यो नारा


८ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इटहरी– प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध विराटनगरमा जुलुस निकालिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षले आज विराटनगरमा गर्न लागेको बृहत जनप्रदर्शनका क्रममा प्रचण्ड–माधव पक्षका कार्यकर्ताले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका हुन् ।

ओली पक्षको जनसभामा सहभागी हुन निस्किएको हजारौँ सहभागी जुलुसमा जिन्दावादको नारा लागेको छ भने प्रचण्ड–माधव पक्षले मुर्दावादको नारा लगाएका छन् ।

प्रचण्ड–माधव पक्षका कार्यकर्तालाई सुरक्षाकर्मीले अवरोध गरेको छ । ओली पक्षले चुनावी प्रचारप्रसार गर्ने तथा सरकारको कदमको पक्षमा जनमत देखाउन विराटनगरमा शक्ति प्रदर्शन गर्न लागेको जनाएको छ ।

विराट नर्सिङ होमका पूर्वतर्फको मैदानमा ओली पक्षले आयोजना गरेको सभामा दुई लाख जनता उतार्ने बताइएको छ ।

(प्रचण्ड–माधव) समूहका विधार्थी तथा कार्यकर्ताले कालो झण्डा देखाका छ्न ।

विद्यार्थी र कार्यकर्ताहरुले विराटनगर विमानस्थलबाट कार्यक्रमस्थल जाने क्रममा एयरपोर्ट मोडमा प्रधानमन्त्रीलाई कालो झण्डा देखाएका हुन् ।

कालो झण्डा देखाएपछि युवा तथा विद्यार्थीलाई प्रहरीले धरपकड तथा दमन गरेको भन्दै नाराबाजी गरेका छन ।

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  १२ : ५७ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा