जेलभित्रै हत्या गर्नेलाई राष्ट्रपतिले माफी दिएकोमा तरुण दलको आपत्ति « Khabarhub

जेलभित्रै हत्या गर्नेलाई राष्ट्रपतिले माफी दिएकोमा तरुण दलको आपत्ति


८ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जेलभित्रै हत्या गर्ने अपराधीहरूलाईआममाफी दिएको भन्दै तरुण दलले विरोध गरेको छ ।

गम्भीर अपराध गर्ने अपराधीहरूलाई सरकारले अवाञ्छित क्रियाकलापलाई प्रोत्साहन गरेको भन्दै नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले विरोध गरेको हो ।

शनिबार विज्ञप्तिमार्फत् जेलभित्रै हत्या जस्तो अक्षम्य र गम्भीर अपराध गर्ने अपराधीहरूलाई सरकार र राष्ट्रपतिजस्तो संस्थाले आम माफी दिनु भनेको देशमा हत्या, हिंसाजस्ता दानवीय प्रवृत्तिको ढाकछोप गर्ने र अवाञ्छित कृयाकलापलाई प्रोत्साहित गर्ने हर्कत भएको तरूण दलको ठहर छ ।

सरकारले प्रजातन्त्र दिवसको बहाना बनाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीनिकटका तीनजना हत्यारालाई काराबास सजाय छुट दिएको भन्दै विज्ञप्तिमार्फत् विरोध जनाएको हो । प्रजातन्त्र दिवसको अवसरमा नेपाल तरुण दल चितवनका तत्कालीन अध्यक्ष शिव पौडेलको हत्यामा दोषी ठहर भई जेल सजाय भोगिरहेका फणिन्द्र श्रेष्ठ, दिलबहादुर मोक्तान र सुनिल केसीको जेल सजाय सरकारले मिनाहा गरेको थियो ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रजातन्त्र दिवसको अवसरमा प्रजातन्त्रकै खिल्ली उडाउँदै नेकपा ओली गुटको सरकारको सिफारिमा राष्ट्रपति विद्यादेवी भण्डारीले बाँकी कैद मिनाहा गरी आममाफी दिइएकोप्रति नेपाल तरुण दल केन्द्रीय समिति आपत्ति जनाउँदै उक्त कार्यको घोर निन्दा एवं भत्र्सना गर्दछ ।’

माफी पाएका तीनैजना प्रधानमन्त्री केपी शर्मा ओलीनिकट रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  २ : १५ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर