‘पीके’ सिक्वेलमा रणवीर कपुर | Khabarhub Khabarhub

‘पीके’ सिक्वेलमा रणवीर कपुर


८ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– सन् २०१४ मा रिलिज फिल्म ‘पीके’लाई दर्शकले अत्याधिक मनपराए । अभिनेता आमिर खान र अभिनेत्री अनुष्का शर्मा अभिनित फिल्ममा विशेषतः आमिरको भूमिकालाई दर्शकले रुचाए । अहिले भने यो फिल्मको सिक्वेल बन्ने नयाँ खबर बलिउडमा छ ।

समाचारअनुसार फिल्मको सिक्वेलमा आमिरको स्थानमा रणवीर कपूर देखिनेछन् । यो फिल्म सकिँदाको अन्तिम दृश्यमा रणवीर कपुर देखिएका थिए । त्यहीकारण फिल्मको सिक्वेलमा रणवीरले नै बाँकी कथालाई अगाडि बढाउनेछन् ।

फिल्मका निर्माता विधु विनोद चोपडाले सिक्वेलको तयारी शुरु गरेका छन् । ‘हामी सिक्वेल बनाउनेछौं । हामीले पहिलो संस्करणको अन्त्यमा रणवीर कपूरलाई देखाएका थियौं । यो फिल्मको अगाडिको कथा लुकेको छ । यद्यपि हालसम्म अभिजात जोशी(फिल्मका लेखक)ले कथा लेखिसकेका छैनन् । जुन दिन उनले कथा लेखिसक्छन्, त्यसपछि सिक्वेलको तयारी शुरु हुन्छ ।’

यो फिल्म हिरानी–चोपडा प्रोडक्सनका फिल्महरुको हिट फिल्मको सूचीमा पर्दछ । यो जोडीले ‘मुन्नाभाई’ जस्तो हिट फिल्म दिएको थियो । फिल्म ‘पीके’मा सुशान्त सिंह राजपुत, सौरभ शुक्ला जस्ता कलाकारको अभिनय थियो । फिल्मले अन्धविश्वासमाथि प्रहार गरेको थियो ।
–एजेन्सी

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ३ : ०५ बजे

आज छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य दिइँदै

काठमाडौं – कार्तिक शुक्ल षष्ठी अर्थात् छठ पर्वको मुख्य दिन

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल कात्तिक १० गते सोमबार। कात्तिक

आज २०८२ साल कात्तिक १० गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल कात्तिक १० गते सोमबार। कात्तिक

सुरक्षा व्यवस्था बुझ्न मधेस जाँदैछन् गृहसहित ३ मन्त्री

काठमाडौँ– सोमबार नेपाल सरकारका तीनमन्त्री र एक सचिव मधेसको सुरक्षा