‘पीके’ सिक्वेलमा रणवीर कपुर « Khabarhub

‘पीके’ सिक्वेलमा रणवीर कपुर


८ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– सन् २०१४ मा रिलिज फिल्म ‘पीके’लाई दर्शकले अत्याधिक मनपराए । अभिनेता आमिर खान र अभिनेत्री अनुष्का शर्मा अभिनित फिल्ममा विशेषतः आमिरको भूमिकालाई दर्शकले रुचाए । अहिले भने यो फिल्मको सिक्वेल बन्ने नयाँ खबर बलिउडमा छ ।

समाचारअनुसार फिल्मको सिक्वेलमा आमिरको स्थानमा रणवीर कपूर देखिनेछन् । यो फिल्म सकिँदाको अन्तिम दृश्यमा रणवीर कपुर देखिएका थिए । त्यहीकारण फिल्मको सिक्वेलमा रणवीरले नै बाँकी कथालाई अगाडि बढाउनेछन् ।

फिल्मका निर्माता विधु विनोद चोपडाले सिक्वेलको तयारी शुरु गरेका छन् । ‘हामी सिक्वेल बनाउनेछौं । हामीले पहिलो संस्करणको अन्त्यमा रणवीर कपूरलाई देखाएका थियौं । यो फिल्मको अगाडिको कथा लुकेको छ । यद्यपि हालसम्म अभिजात जोशी(फिल्मका लेखक)ले कथा लेखिसकेका छैनन् । जुन दिन उनले कथा लेखिसक्छन्, त्यसपछि सिक्वेलको तयारी शुरु हुन्छ ।’

यो फिल्म हिरानी–चोपडा प्रोडक्सनका फिल्महरुको हिट फिल्मको सूचीमा पर्दछ । यो जोडीले ‘मुन्नाभाई’ जस्तो हिट फिल्म दिएको थियो । फिल्म ‘पीके’मा सुशान्त सिंह राजपुत, सौरभ शुक्ला जस्ता कलाकारको अभिनय थियो । फिल्मले अन्धविश्वासमाथि प्रहार गरेको थियो ।
–एजेन्सी

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ३ : ०५ बजे

सुर्खेतमा आजदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’

काठमाडौं– प्रदेश अस्पताल सुर्खेत र नबिल बैंकको संयुक्त आयोजना तथा

आजको कार्टुन : विदेश पुगे पनि सुख छैन देउवालाई

काठमाडौं- गत भदौ २३ र २४ गते जेन-जी आन्दोलन हुँदा

श्रम स्वीकृति’सम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन

काठमाडौं– वैदेशिक रोजगार विभागले विभाग आसपास रहेका साइबर सेन्टर र

बिस्केट जात्रा सुरु हुँदै

काठमाडौं– आठ रात नौ दिनसम्म भव्यरुपमा मनाइने भक्तपुरको ऐतिहासिक एवं

स्वास्थ्य क्षेत्र सुदृढ बनाउन अनुसन्धानलाई थप प्राथमिकतामा राख्नुपर्ने

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको स्वास्थ्य क्षेत्रलाई सुदृढ बनाउन अनुसन्धानलाई