प्रचण्डमाथि ओलीको व्यंग्य : ‘बैद्य, डाक्टर हुँदै झाँक्रीमा झरेपछि’ हालत के होला ? « Khabarhub

प्रचण्डमाथि ओलीको व्यंग्य : ‘बैद्य, डाक्टर हुँदै झाँक्रीमा झरेपछि’ हालत के होला ?


८ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गलत बाटोमा हिडेको आरोप लगाएका छन् ।

ओली समूहले शनिबार विराटनगरमा गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड समूह अब सकिएको आरोप लगाएका हुन् ।

उनले भने, ‘प्रचण्डजीको त मलाई माया लाग्छ । पहिले बैद्यसँग हुनुहुन्थ्यो, बैद्यबाट डाक्टर, डाक्टरबाट झाँक्रीमा हुनुहुन्छ । अब उनलाई झाँक्रीले बचाउन सक्दैनन् । उहाँ गलत बाटोमा हुनुहुन्छ । सिद्धिइसकेका प्रचण्डलाई मैले जुरो हाल्देको थिएँ, सिंङ हाल्देको थिए, लामो सिंङ भएपछि हामीलाई सिध्याउन खोज्नुभयो, आफैँ सकिएको पत्तो छैन ।’

उनले अझै पनि दाहाल–नेपाल समूहलाई  पार्टीमा फर्किन आग्रह गरे ।

उनले भने, ‘अझै म भन्न चाहान्छु, यो जनताको सागरमा मिसिनुहोस्, भिरबाट लड्ने गोरुलाई राम–राम भन्न मात्र सकिन्छ, काँध नै हाल्न सकिन्न ।’

उनले सरकार विकासको गतिमा दृढ रहेको बताए । दाहाल–नेपाल समूहलाई लक्षित गर्दै उनले भने, ‘काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ ।’

उनले केही मानिसहरु यो पार्टी सिध्याउनका लागि, नेपालबाट कम्युनिस्ट आन्दोलन सकाउन गुटको खेतीमा तल्लिन भएको आरोप लगाए ।

उनले भने, ‘उनीहरुले अस्ती केपी ओलीजी जनताको सभा हेर्न यता आउनुहोस् भनेर धाक लगाउँदै थिए, म भन्न चाहान्छु तपाईंहरु यता आउनुस् जनसभा हेर्न, आजको सभा कत्रो छ भन्ने ।’

उनले विराटनगरको जनसभालाई ड्रोनले समेत खिच्न नसकेको दाबी गरे ।

उनले भने, ‘आकाशमा लागिरहेको चन्द्रमाले मात्र यो जनसभा देखेको छ, ड्रोनले पनि खिच्न सकेको छैन, टेलिभिजनका साथीहरुले क्यामरा घुमाइ–घुमाई खिचेका छन्, म सलाम भन्न चाहान्छु जनताको यो जागरणलाई ।’

उनले सभामुख अग्नि सापकोटाले कीर्ते सनाखत गरेको समेत आरोप लगाए  । उनले भने, ‘सभामुखको पदामा रहको व्यक्तिले यस्तो लज्जास्पद काम गर्नुहुन्छ ?’

उनले उपराष्ट्रपति नन्दबहादुर पुनले समेत चुनावको विरोध गर्दै सार्वजनिक कार्यक्रममा भाषण गरेर हिडेको समेत आरोप लगाए ।

उनले भने , ‘उहाँ त चुनाव नगर्ने पृष्ठभूमिबाट आउनुभएको हो ।’

उनले अब अस्थिरतातर्फ मुलकलाई फर्किन नदिने बताए । ‘हामी चुनावको तयारीमा छौं, चुनाव हुन्छ । कुनै भ्रममा नपर्नुस्,’ प्रधानमन्त्री ओलीले भने, ‘कतिपयले भन्ने गरेका छन्, प्रतिनिधिसभा विघटन ओली तानाशाही हुनका लागि हो, चुनाव गर्नका लागि होइन, तर तपाईंहरु भ्रममा नपर्नुस् चुनाव हुन्छ ।’

दाहाल–नेपाल समूहलाई लक्षित गर्दै ओलीले पदीय लोभकै लागि यो अवस्था उनीहरुले नै सिर्जना गरेको आरोप लगाए ।

उनले भने, ‘केही व्यक्तिहरु अनुचित बाटोबाट अध्यक्ष हुन खोज्ने, कोही प्रधानमन्त्री बन्न खोज्ने, के यी पदहरु मलाई चाहियो भन्दैमा पाइने खेलौना हुन् ?’

सम्बोधनकै क्रममा उनले प्रदेश १ सबै कुराले भरिपूर्ण रहेको बताए । उनले संसारको पुरानो ग्रन्थ बेदको रचना भएको प्रदेश, आफ्नै मौलिकता भएको मुन्धुम रचना भएको प्रदेश, आफ्नो सभ्यता, इतिहास र परम्पराको धनी प्रदेश नै यही भएको बताए ।

उनले भने, ‘पाण्डबहरु हस्तिनापुरबाट लखेटिएर यही आएर लुकेर बसेको ठाउँ हो, दुष्टहरुलाई विनास गरेको ठाउँ पनि यही हो । अर्जुनधारा यही प्रदेशमा छ । जुन अर्जुनले बाण हानेर निकालेको धारा हो ।’

उनले यस्ता पुरानो इतिहास भएको ठाउँ आज लोकतन्त्र, सुशासनका लागि दृढतापूर्वक अघि बढिरहेकोमा गौरव गरे ।

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ४ : १३ बजे

झोलामा खोलाको प्रवृत्ति अन्त्य गरेरै छाड्छु : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले झोलामा खोलाको

यस्तो छ अमेरिका-इरानबीच भएको १४ बुँदे समझदारीपत्र (पूर्णपाठ)

काठमाडौं- अमेरिका र इरानबीच युद्धविरामको अवधि थप गर्ने सहमति कार्यान्वयनमा

क्रिटिक्स अवार्ड : हरिवंश, दयाहाङ, आनालगायतले पाउँदै

काठमाडौं – चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन)ले आगामी शनिबार अवार्ड

नेतृत्व परिवर्तनको ‘बेमौसमी बहस’ नगर्न ओलीको चेतावनी 

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व परिवर्तनसम्बन्धी

विज्ञान र नवप्रवर्तनका लागि नयाँ कानुन ल्याइने

काठमाडौं– विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विज्ञान तथा नवप्रवर्तन