उपराष्ट्रपतिको अभिव्यक्ति र सभामुखप्रति ओलीले पोखे आक्रोश « Khabarhub

उपराष्ट्रपतिको अभिव्यक्ति र सभामुखप्रति ओलीले पोखे आक्रोश


८ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले उपराष्ट्रपतिको अभिव्यक्ति र सभामुखले सर्वोच्च अदालतमा हालेको मुद्दाप्रति आक्रोश व्यक्त गरेका छन्।

नेकपा ओली समूहले विराटनगरमा शनिबार आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उपराष्ट्रपतिको अभिव्यक्ति र सभामुखविरुद्ध आक्रोश पोखेका हुन् ।

ओलीले भने, ‘उपराष्ट्रपतिजी सरकारकाविरुद्ध भाषण गरेर हिँड्नुभएको छ । म उहाँलाई भन्न चाहन्छु– उहाँको पदले भाषण गरेर हिँड्ने, सरकारको विरोध गरेर हिँड्ने अनि संविधान मिचियो अथवा प्रजातन्त्र मासियो, प्रतिनिधिसभा विघटन गरेर बेठीक भयो, चुनाव गर्न पाइँदैन भन्न मिल्छ ? उहाँ त चुनाव नगर्ने पृष्ठभूमिबाट आउनुभएको हो । अब त कमसेकम चुनावतिर आउनुस् ।’

प्रधानमन्त्री ओलीले सभामुख अग्निप्रसाद सापकोटालाई ‘कीर्ते गर्ने’ भन्दै टिप्पणी गरे ।

“सरकारविरुद्ध सर्वोच्च अदालतमा सभामुख मुद्दा हाल्न जानुभएको छ, झगडा गरून् भनेर सभामुख बनाइदिएको हो र ? सभामुखले झगडिया हुन सुहाउँछ ? तर के गर्नु? उहाँ झगडिया हुनुभएको छ,” प्रधानमन्त्री ओलीले भने, “मेराविरुद्धको अविश्वासका प्रस्ताव दर्ता गराउँदा उहाँले कीर्ते सनाखत गर्नुभएको छ, ४:३० मा आएको अविश्वासको प्रस्तावलाई १०:३० बनाएर सभामुखजस्तो मान्छेले कीर्ते गर्नुभएको छ।”

ओलीले जुनसुकै प्रजातान्त्रिक देशमा पनि प्रधानमन्त्रीले संसद् भंग गर्न सक्ने बताए ।

प्रधानमन्त्री ओलीले संविधानअनुसार नै प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जाने निर्णय भएकाले तोकिएकै मिति २०७८ बैशाख १७ र २७ गते निर्वाचन हुनेमा विश्वस्त हुन पनि आग्रह गरेका छन्।

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ५ : २२ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन