उपराष्ट्रपतिको अभिव्यक्ति र सभामुखप्रति ओलीले पोखे आक्रोश | Khabarhub Khabarhub

उपराष्ट्रपतिको अभिव्यक्ति र सभामुखप्रति ओलीले पोखे आक्रोश


८ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले उपराष्ट्रपतिको अभिव्यक्ति र सभामुखले सर्वोच्च अदालतमा हालेको मुद्दाप्रति आक्रोश व्यक्त गरेका छन्।

नेकपा ओली समूहले विराटनगरमा शनिबार आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उपराष्ट्रपतिको अभिव्यक्ति र सभामुखविरुद्ध आक्रोश पोखेका हुन् ।

ओलीले भने, ‘उपराष्ट्रपतिजी सरकारकाविरुद्ध भाषण गरेर हिँड्नुभएको छ । म उहाँलाई भन्न चाहन्छु– उहाँको पदले भाषण गरेर हिँड्ने, सरकारको विरोध गरेर हिँड्ने अनि संविधान मिचियो अथवा प्रजातन्त्र मासियो, प्रतिनिधिसभा विघटन गरेर बेठीक भयो, चुनाव गर्न पाइँदैन भन्न मिल्छ ? उहाँ त चुनाव नगर्ने पृष्ठभूमिबाट आउनुभएको हो । अब त कमसेकम चुनावतिर आउनुस् ।’

प्रधानमन्त्री ओलीले सभामुख अग्निप्रसाद सापकोटालाई ‘कीर्ते गर्ने’ भन्दै टिप्पणी गरे ।

“सरकारविरुद्ध सर्वोच्च अदालतमा सभामुख मुद्दा हाल्न जानुभएको छ, झगडा गरून् भनेर सभामुख बनाइदिएको हो र ? सभामुखले झगडिया हुन सुहाउँछ ? तर के गर्नु? उहाँ झगडिया हुनुभएको छ,” प्रधानमन्त्री ओलीले भने, “मेराविरुद्धको अविश्वासका प्रस्ताव दर्ता गराउँदा उहाँले कीर्ते सनाखत गर्नुभएको छ, ४:३० मा आएको अविश्वासको प्रस्तावलाई १०:३० बनाएर सभामुखजस्तो मान्छेले कीर्ते गर्नुभएको छ।”

ओलीले जुनसुकै प्रजातान्त्रिक देशमा पनि प्रधानमन्त्रीले संसद् भंग गर्न सक्ने बताए ।

प्रधानमन्त्री ओलीले संविधानअनुसार नै प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जाने निर्णय भएकाले तोकिएकै मिति २०७८ बैशाख १७ र २७ गते निर्वाचन हुनेमा विश्वस्त हुन पनि आग्रह गरेका छन्।

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ५ : २२ बजे

इन्टरनेट नचल्दा रोकियो राहदानीको ‘लाइभ इनरोलमेन्ट’

काठमाडौं- भारतीय कम्पनी एयरटेलले भुक्तानी नपाएको भन्दै नेपालको ब्यान्डविथ आपूर्ति

एक सातामा ३३ अंकले बढ्यो नेप्से, कुन दिन कस्तो थियो बजार ? 

काठमाडौं– नेपाल स्टक एक्जेञ्ज (नेप्से) पछिल्लो सातामा ३३।०३ अंकले बढेको

कर्णालीमा डुबेर एक जना बेपत्ता

धनगढी– कर्णाली नदीमा एक जना बेपत्ता भएका छन्। कैलालीको मोहन्याल

संघीय संसद्‍को बजेट अधिवेशन आह्वान

काठमाडौं- सरकारले संसद्को बजेट अधिवेशन आह्वान गरेको छ । मन्त्रिपरिषद्को

राष्ट्रसंघकी सहायक महासचिवद्वारा प्रधानमन्त्रीसँग भेट

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव एवं