प्रधानमन्त्रीले भने : भोलि भारतबाट १० लाख डोज खोप ल्याउँछौँ « Khabarhub

प्रधानमन्त्रीले भने : भोलि भारतबाट १० लाख डोज खोप ल्याउँछौँ


८ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले आइतबार भारतबाट १० लाख डोज कोरोनाविरुद्धको खोप खरिद गरेर ल्याउने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार विराटनगरमा भएको कार्यकर्ता भेलामा सम्बोधन गर्दा सरकारले खरिद गरेर ल्याउने भनेको २० लाख डोजमध्येको १० लाख डोज खोप भोलि आउने बताएका हुन्।

उनले भने, ‘सरकरारले खरिद गर्ने भनेको २० लाख मध्ये १० लाख डोज कोरोना विरुद्धको खोप भोलि आउँछ अरू विस्तारै आउँछ।’

भारत सरकारले गत ८ माघमा १० लाख डोज अनुदानस्वरूप कोरोनाविरुद्धको खोप दिएको थि‍यो । उक्त अनुदानको खोप अहिले विभिन्न प्राथमिकतामा परेकाहरुलाई लगाउने क्रम जारी राखिएको छ ।

सरकारले उक्त खोप आएपछि दोस्रो चरणको खोप अभियान सञ्चालन गर्नेछ। दोस्रो चरणमा ज्येष्ठ नागरिक, कडा रोग भएको व्यक्तिहरूलाई खोप लगाउने छ।

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ५ : ४९ बजे

पत्रकारिता छोडेर ऋषि धमला राजनीतिमा : रौतहट–४ बाट चुनाव लड्दै

काठमाडौं – पत्रकार ऋषि धमला राजनीतिमा औपचारिक रुपमा प्रवेश गरेका

आगलागीले निस्सासिएकी वृद्धाको उद्धार

कर्णाली – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ मङ्गलगढी चोक नजिक रहेको मानिकेज

देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा चुनाव नलड्ने

निर्वाचन ४४ दिन बाँकीः उम्मेदवारी दर्ता गराउन नागरिकता अनिवार्य, अरु के के चाहिन्छ ?

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर