काठमाडौँ– पूर्वमन्त्री एवं नेकपाका नेता शेरबहादुर तामाङ र प्रदेश १ की सांसद उषाकला राई केपी शर्मा ओली समूहमा फर्किएका छन् ।
नेकपा ओली समूहले विराटनगरमा शनिबार आयोजना गरेको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उनीहरु आफ्नो समूहमा फर्किएको बताएका हुन् ।
प्रचण्ड–नेपाल समूहमा सही व्यवस्थापन हुने नदेखिएपछि उनीहरु ओली समूहमा फर्किएको उनले बताए ।
पार्टी कार्यक्रमका शिलशिलामा आफू सिन्धुपाल्चोकमा रहेको बताउँदै पूर्वमन्त्री तामाङले प्रचण्ड–नेपाल समूहको दृष्टिकोण गलत भएकाले आफूले केपी ओलीलाई साथ दिने निष्कर्षमा पुगेका छन् ।
संसद विघटन प्रधानमन्त्रीको राजनीतिक कदम भएको बताउँदै नेता तामाङले अदालतले गर्ने फैसला सबैले स्वीकार गर्नुपर्ने बताए ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजित भएपछि तामाङ दम्पती प्रचण्ड–नेपाल समूहलाई साथ दिँदै आएका थिए ।
प्रतिक्रिया