देशको अन्योलपूर्ण राजनीतिप्रति अध्यक्ष लोहनीद्वारा चिन्ता प्रकट « Khabarhub

देशको अन्योलपूर्ण राजनीतिप्रति अध्यक्ष लोहनीद्वारा चिन्ता प्रकट


८ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राजनीतिक समस्या समाधान भएर मात्रै आर्थिक समृद्धिको युग सुरु हुन्छ भन्ने दावी पूर्ण रुपमा गलत साबित भएको बताएका छन् ।

‘राजनीति मुद्दा समाधान भयो, अब आर्थिक समृद्धिको युग आरम्भ हुन्छ भनेर तीन वर्ष अगाडि भनिएको थियो । तर वर्तमान अवस्था त्यसको ठिक विपरीत छ,’ राप्रपा अध्यक्ष लोहनीले भने ।

शनिबार राप्रपा कपिलवस्तुले आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष लोहनीले देशको राजनीति अस्थिर र अन्योलपूर्ण भएको भन्दै चिन्ता व्यक्त गरे । ‘भनाइमा जनताको हितको नारा भए पनि सत्ताधारी पार्टीको भारदारी वर्गको भ्रष्ट स्वार्थमा राज्य केन्द्रित हुन थालेको छ,’ उनले भने ।

‘भनाइमा राष्ट्रियताको कुरा छ, तर गराइ लम्पसारवाद उन्मुख छ । भनाइ भ्रष्टाचार विरोधी छ, व्यवहार भ्रष्टाचारलाई संरक्षण गर्ने छ । नारा निष्पक्ष प्रशासनको छ, गराइ हरेक तहमा पार्टीगत भागवण्डा हावी छ । संविधान संरक्षणको आदर्श छाटिन्छ तर ऐन कानुन र संविधान सत्ता स्वार्थको हतियार मात्र भएको छ । नारा प्रजातन्त्रको छ, व्यवहार अधिनायकवाद र सर्वसत्तावादउन्मुख रहेको छ ।’

राप्रपाले बोकेको लोकप्रिय एजेण्डा, संविधान भित्रको राजसंस्था र सर्वधर्म समभावसहित नेपाली पहिचान कायम राख्ने हिन्दूराष्ट्रको साथर्कता पहिले भन्दा पनि जरुरी भएको उनले बताए ।

संविधानमा कतै नभएको धारा प्रयोग गरि जनप्रतिनिधिमुलुक संस्था विघटन गरेपनि यसको अन्तिम फैसला सर्वोच्च अदालतले गर्ने उनले बताए । उक्त फैसलाले राजनीतिक रुपमा बन्धक रहेको अवस्थावाट मुलकले पार पाउने समेत लोहनीले बताए ।

सभालाई राप्रपाका केन्द्रीय नेताहरु धु्रब रायमाझी, कृष्ण चौधरी, इद्रिस मुसलमान, खनिज फतेम, जनक पाठक लगायतले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ६ : ५२ बजे

इरानी सेनाको कब्जामा रहेका नेपाली नागरिक अमृतलाई मुक्त गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत

संसद्का जेष्ठ सदस्य केसीको शपथ बुधबार

काठमाडौँ – प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीको शपथ ग्रहण यही

करेन्ट लागेर रौतहटमा ८४ वर्षीया वृद्धाको मृत्यु

रौतहट- रौतहटमा करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। गुजरा

‘इन्टरनेट सेवामा थप शुल्क नलाग्ने’

काठमाडौँ – महान्यायाधिवक्ताको कार्यालयले फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेट सेवामा उपभोक्तामाथि थप

कांग्रेस केन्द्रीय कार्यसमितिले के-के गर्‍यो निर्णय ?

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगनकुमार थापाद्वारा