अदालतलाई दबाब दिएको भन्दै कांग्रेसद्वारा ओलीको आलोचना « Khabarhub

अदालतलाई दबाब दिएको भन्दै कांग्रेसद्वारा ओलीको आलोचना


८ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतलाई दबाब दिएको भन्दै आलोचना गरेका छन् ।

शनिवार विराटनगरमा आयोजित आफू पक्षीय भेलामा प्रधानमन्त्री ओलीले अदालतले आफ्नो पक्षमा फैसला गर्ने र नगरे जनताले आन्दोलन गर्ने चेतावनी दिएका थिए। सो अभिव्यक्तिलाई लिएर प्रवक्ता शर्माले सामाजिक सञ्जाल ट्विटरमा आलोचना गरेका हुन ।

प्रवक्ता शर्माले अदालतको विषयमा चेतावनी प्रसारण गर्ने जंगे शैली लोकतान्त्रिक हुन नसक्ने जनाएका छन्। उनले लेखेका छन्, ‘अदालत दबाबमा नपरोस् भन्ने तर चर्को दबाबको अभिव्यक्ति राख्ने प्रधानमन्त्रीको विराटनगर मन्तव्य पदीय गरिमा विपरीत छ। न्यायालयको फैसला स्वीकार्छौं कहिल्यै नभन्ने र चेतावनी प्रसारण गर्ने जंगे शैली लोकतान्त्रिक हुन सक्दैन।’

ओलीले विराटनगरको सभामा भनेका थिए ,‘कुनै सेटिङ-फेटिङ भएर संसद विघटन सदर भएन भने आन्दोलनको विकल्प छैन ।’

यस्तो छ शर्माको ट्वीट

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  ७ : ३२ बजे

आगलागीले निस्सासिएकी वृद्धाको उद्धार

कर्णाली – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ मङ्गलगढी चोक नजिक रहेको मानिकेज

देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा चुनाव नलड्ने

निर्वाचन ४४ दिन बाँकीः उम्मेदवारी दर्ता गराउन नागरिकता अनिवार्य, अरु के के चाहिन्छ ?

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

प्रतिनिधिसभा निर्वाचन: देशभर उम्मेदवारी दर्ता हुँदै

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको