संसद विघटन असल मनसायबाट नगरिएको वरिष्ठ नेता पौडेलको आरोप  | Khabarhub Khabarhub

संसद विघटन असल मनसायबाट नगरिएको वरिष्ठ नेता पौडेलको आरोप 


८ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभाको विघटन असल मनसायबाट नभएको आरोप लगाएका छन् ।

नेपाली कांग्रेस सुनसरीद्वारा शनिबार सदरमुकाम इनरुवामा आयोजित अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रममा उनले सरकारले प्रतिनिधिसभाको विघटन असल नियतले नगरेको आरोप लगाएका हुन् ।

वरिष्ठ नेता पौडेलले कांग्रेसमा पटक–पटक दुई वटा धार हुँदै आएको उल्लेख गर्दै पार्टीमा दुई वटा धार भएपनि सबै एकै ठाउँमा आउने भएकाले नआत्तिन नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कम्युनिष्ट पार्टीको आन्तरिक विवादका कारण प्रतिनिधिसभा विघटन हुनु उपयुक्त नभएको बताउँदै अदालतले जे निर्णय गर्छ कांग्रेसले त्यसलाई मान्नुपर्नेमा जोड दिए ।

पार्टीका जिल्ला सभापति तथा प्रदेश नं १ प्रदेशसभाका काँग्रेस संसदीय दलका नेता राजीव कोइराला, पूर्वराज्यमन्त्री सिताराम मेहता, इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता, कोशी गाउँपालिकाका अध्यक्ष अयुव अन्सारीलगायतले मुलुकको वर्तमान राजनीतिका विविध पक्षमाथि प्रकाश पारेका थिए ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरेर कांग्रेसमा प्रवेश गरेका सयौँ नेता तथा कार्यकर्तालाई वरिष्ठ नेता पौडेल र पार्टीका सभापति कोइरालाले फूल, माला र अविर लगाएर स्वागत गरेका थिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७७, शनिबार  १० : ४१ बजे

बेलायतमा तलब वृद्धि खुम्चियो, बेरोजगारीदर बढ्यो

एजेन्सी – बेलायतको श्रम बजारले सन् २०२५ को प्रारम्भिक चरणमा

गृहमन्त्रीको दाबी – काङ्ग्रेस जिम्मेवारीका साथ देशका समस्या समाधानमा क्रियाशील

मोरङ – नेपाली काङ्ग्रेसका नेता एवम्‌ गृहमन्त्री रमेश लेखकले आफ्नो

डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर

काठमाडौं – उच्च अदालत पाटनले डिजिटल मिडियाको अनुगमन र कारबाही

लोमान्थाङ घोषणापत्र जारी गर्दै सकियो अन्तर्राष्ट्रिय मिडिया सम्मेलन

पोखरा – ‘लोकतन्त्र, प्रेस स्वतन्त्रता र जलवायु संकट’बारे मन्थन गरी

भारतको आक्रमणबाट ११ सैनिक र ४० सर्वसाधारण मारिए : पाकिस्तान

इस्लामावाद- गत साता भारतसँगको तनावका क्रममा भएको हवाई तथा स्थल