विश्वमा प्रत्येक पाँचमध्ये एक बच्चालाई पानीको अभाव- युनिसेफ « Khabarhub

विश्वमा प्रत्येक पाँचमध्ये एक बच्चालाई पानीको अभाव- युनिसेफ


७ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संयुक्त राष्ट्रसंघ (सिन्ह्वा)- विश्वभर ४५ करोड बालबालिकासहित एक अर्ब ४२ करोड मानिसमा पानीको उच्च अभाव रहेको संयुक्त राष्ट्रसंघ बालकोष (यूनिसेफ) ले सार्बजनिक गरेको एक तथ्याङ्कमा जनाइएको छ ।

विश्वव्यापी प्रत्येक पाँच बालबालिकाहरूमध्ये एक जनालाई दैनिक आवश्यकता पूरा गर्न पर्याप्त पानी नहुने गरेको तथ्याङ्कमा उल्लेख छ ।

युनिसेफले बिहीबार सार्वजनिक गरेको पछिल्लो रिपोर्ट अनुसार विश्वका ८० भन्दा बढी देशका केटाकेटीहरूले उच्च वा अत्याधिक उच्च पानीको अभावको सामना गरिरहेका पाइएको छ ।

पूर्वी र दक्षिणी अफ्रिकामा त्यस्ता क्षेत्रहरूमा बस्ने बच्चाहरूको अनुपात सबैभन्दा बढी छ अर्थात् पानीको अभाव सामना गरिरहेका बालबालिकामध्ये आधाभन्दा बढी अर्थात् ५८ प्रतिशत बालबालिका छन्, जसले दिनहुँ पर्याप्त पानीको पहुँचका लागि कठिनाइको सामना गरिरहेका छन् ।

यसपछि पश्चिम र मध्य अफ्रिकामा ३१ प्रतिशत, दक्षिण एशियामा २५ प्रतिशत र मध्य पूर्वमा २३ प्रतिशत बालबालिकाले पानीको अभावको सामना गर्नुपरेको छ ।

दक्षिण एसियामा कूल १५ करोड ५० लाख बालबालिका अर्थात् विश्वमा अन्य षेत्रको तुलनामा बढी बालबालिका पानीको अभाबबीच बाँचिरहेका तथ्याङ्क रहेको छ ।

यूनिसेफले पानीको अभाब झेलिरहेका मुलुकहरूमध्ये अफगानिस्तान, बुर्किना फासो, इथियोपिया, हैटी, केन्या, नाइजर, नाइजेरिया, पाकिस्तान, पपुआ न्यूगिनी, सुडान, तान्जानिया र यमनलगायतका ३७ मुलुकलाई समस्याग्रस्त मुलुकको अग्रस्थानमा राखेको छ ।

युनिसेफका कार्यकारी निर्देशक हेनरीता फोरद्वारा जारी एक प्रेस विज्ञप्तिमा भनिएको छ, ‘विश्वको पानी सङ्कट यत्तिकै आएको होइन यसलाई जलवायु परिवर्तनको नराम्रो प्रभावका रूपमा हेरिएको छ ।’

नयाँ रिपोर्ट युनिसेफको ‘सबैका लागि पानी सुरक्षा’ पहलको एक हिस्सा हो र प्रत्येक बालबालिकालाई दीगो तथा पानीको सेवामा पहुँच छ भन्ने कुरा सुनिश्चित गर्न पहल हो ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ७ : ०७ बजे

मौसम प्रतिकूल भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित

मुस्ताङ– मौसम प्रतिकूलता भएसँगै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङ सुनसान

नारायणी नदीले सतर्कता तह पार गर्‍यो

चितवन- नारायणी नदीले सतर्कता तह पार गरेको छ । बिहीबारदेखि

मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

लमजुङ- निरन्तरको वर्षाका कारण मर्स्याङ्दी नदीमा पानीसँगै बालुवा तथा गेग्रानको

बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित

गुल्मी- अविरल वर्षासँगै आएको बाढी, पहिरो र हावाहुरीका कारण गुल्मीमा

खोलाले बगाएर महिलाको मृत्यु

त्रिवेणी (रुकुम पश्चिम)- खोलाले बगाउँदा एक ५८ वर्षीया महिलाको मृत्यु