प्रिमियर लिगमा लिड्स युनाइटेडको जित « Khabarhub

प्रिमियर लिगमा लिड्स युनाइटेडको जित


७ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाइटेड विजयी भएको छ ।

शुक्रबार राति भएको खेलमा लिड्सले फुलहमलाई २-१ गोलले हराएको  हो ।

लिड्सलाई जित दिलाउन प्याट्रिक बामफोर्ड र राफिन्हाले एक एक गोल गरे । फुलहमका जोआचिम एण्डरसनले एक गोल फर्काए ।

फुलहमको मैदानमा २९औँ मिनेटमा बामफोर्डले गोल गर्दै लिड्सलाई अग्रता दिलाएका थिए ।

३८औँ मिनेटमा एण्डरसनले गोल गर्दै फुलहमलाई १-१ गोलको बराबरी गरे । ५८औँ मिनेटमा राफिन्हाले गोल गर्दै लिड्सलाई २-१ को जित दिलाए ।

जितपछि लिड्सले २९ खेलमा ३९ अंक जोडेको छ । लिड्स लिगको ११औँ स्थानमा रहेको छ । फुलहम २६ अंक जोडेर १८औँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ७ : २२ बजे

केपी ओलीलाई रविको चुनौती : पार्टीमा जस्तै संसदीय चुनाव पनि जितेर देखाउनू

काठमाडौं- राष्ट्रिय स्वन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेर र

‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छ घर’ सार्वजनिक

काठमाडौं – गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत

भोजपुरको पाँचधारेमा बौद्धस्तूप निर्माण

भोजपुर– टेम्केमैयुङ गाउँपालिका-९ पाँचधारेमा पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले

भक्तपुरमा एक महिनामा १४ वटा जघन्य अपराध

भक्तपुर– भक्तपुरमा पछिल्लो एक महिनामा १४ वटा जघन्य अपराधका घटना घटेका

चिसोबाट दमरोगीलाई कसरी बचाउने ?

श्वासप्रश्वास रोग मानिसको मृत्यु गराउने रोगमध्ये विश्वको चौथो प्रमुख रोगमध्ये